संविधानसभा भवनबाट उपराष्ट्रपति सोझै प्रचण्ड निवासमा

नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले आफूलाई उमेद्वार बनाएर निर्वाचित गराएकामा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई धन्यवाद दिएका छन्। नवनिर्वाचित उपराष्ट्रपति पुनले शनिबार साँझ संविधानसभा भवनबाट सोझै एमाओवादी अध्यक्ष दाहालको निवास पुगेर दाहाललाई धन्यवाद दिएका हुन्।


एमाओवादी अध्यक्ष दाहालले नवनिर्वाचित उपराष्ट्रपति पुनलाई माला लगाएर वधाइ दिंदै संविधानको सीमाभित्र रहेर काम गर्न आग्रह गरे। अध्यक्ष दाहालले संविधानको कार्यान्वयन निकै चुनौतीपूर्ण रहेको भन्दै सबैलाई एक ढिक्का बनाउने गरी जिम्मेवारी निर्वाह गर्न पनि आग्रह गरेको प्रमुख सचेत हितराज पाण्डेले जानकारी दिए।
नवनिर्वाचित उपराष्ट्रपति पुनले पार्टीका जिम्मेवारीबाट भने राजीनामा दिएका छैनन्। प्रमुख सचेतक पाण्डेले पुनले आइतबार पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्ने बताए।

,

0 comments

Write Down Your Responses