भारतलाई ओलीको प्रश्न : शान्ति प्रक्रियाको जानकारी छैन ?

२० कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदमा भारतले नेपालको सत्यनिरुपण तथा मेलमिलाप आयोगको विषयमा प्रश्न उठाएकोप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री ओलीले भारतलाई प्रश्न गरे- ‘राष्ट्रसंघ समेतको संलग्नतामा नेपालमा सम्पन्न भएको शान्ति प्रक्रियाको विषयमा जानकारी छैन ?’


शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री ओलीले भारततर्फ लक्षित गर्दै पत्रकारहरुसँग भने- ‘अस्तिका दिन हाम्रो एकजना छिमेकीको भाषण सुनियो, यहाँ हामीले भनेको कुरा मानेनौ भने देखाइदिन्छौं भनेर धम्क्याउने, अनि त्यहाँ गएर पोहोर परारको कुरा गरेर पहिले हिंसा मच्चाउनेलाई कारवाही भएन भन्ने ?’ शान्ति प्रक्रियाको जानकारी भएन उहाँहरुलाई ?’
नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसित शुक्रबार सिंहदरबारमा कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हिजो द्वन्द्व थियो, शान्ति प्रक्रियामा गयौं, संयुक्त राष्ट्रसंघसमेतको संलग्नतामा मिलायौं । हिजो द्वन्द्वरत पक्षहरु आज एक ठाउँमा छन् । शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामा छन् । सरकारमा भएर होस्, नभएर होस् । यस प्रक्रियामा छन् ।’



0 comments

Write Down Your Responses