सीमामा संयम अपनाउन प्रहरी मुख्यालयको निर्देशन

प्रहरी मुख्यालयले सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीलाई अधिकतम संयम अपनाउन मंगलबार निर्देशन दिएको छ। सोमबार गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच भएको छलफलपछि यस्तो निर्देशन दिइएको हो।

सीमामा रहेका आन्दोलनकारीलाई निस्तेज पार्न अग्रपंक्तिमा रहने नेपाल प्रहरीले अपनाउने कार्यविधिले भारत-नेपाल सम्बन्धलाई समेत प्रभाव पार्ने भएकाले संयमित भएर कार्यविधि अपनाउन सीमा क्षेत्रका प्रहरी प्रमुखलाई प्रहरी मुख्यालयले निर्देशन दिएको हो।सीमामा अग्रपंक्तिमा सशस्त्र प्रहरी खटिने भए पनि आन्दोलनकारीलाई तितरबितर पार्न अहिले नेपाल प्रहरी अग्रपंक्तिमा खटिँदै आएको छ।नेपाल प्रहरीका प्रवक्ता डीआईजी कमलसिंह बमले सीमामा प्रहरीलाई बल प्रयोग गर्दा धेरै संयम अपनाउन निर्देशन दिइएको बताए।

उनले भने, ‘सोमबारको घटनामा प्रहरीमाथि पेट्रोल बम प्रहार भएको र प्रहरीचौकी जलाइदिन लागेपछि आत्मरक्षाका लागि गोली प्रहार गर्नुपरेको हो, अन्य अवस्थामा प्रहरीले धेरै संयम भएर काम गरेको छ।’ उनले शान्तिसुरक्षा र जनधनको सुरक्षा प्रहरीको पहिलो दायित्व भएकाले त्यसमा खलल पुर्‍याउनेमाथि स्थानीय प्रशासन ऐनअनुसार प्रहरीले बल प्रयोग गर्ने पनि बताए।

अहिले आपत्कालीन अवस्था भन्दै नेपाल-भारत सीमा क्षेत्रमा नेपाल प्रहरीका साढे चार सय र सशस्त्रतर्फ सात सय सुरक्षाकर्मी खटिएका छन्। जोगबनी, काँकडभिट्टा, रक्सौल, बलैया, कृष्णनगर, जमुना, श्रीनगर, त्रिनगर, गड्डाचौकीमा केन्द्रबाटै थप प्रहरी परिचालित छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।


, ,

0 comments

Write Down Your Responses