"अफ्गानिस्तान र पाकिस्तान आतंककारीका लागि स्वर्ग बन्यो ।" राष्ट्रपती ओबामा ।

       
अमेरिकी राष्ट्रपती बाराक ओबामाले दुबै सदनको सयुंक्त सत्रमा सम्बोधित आफ्नो कार्यकालको अन्तिम बक्तब्यमा  भने अफ्गानिस्तान र पाकिस्तान आतंककारीका लागि स्वर्ग बन्यो  । आईएस आईएसका कारण विश्वको  राजनितीमा परिवर्तन आएको छ । मध्य-एसिया,मध्य-अमेरिका र अफ्रिका  आईएसका  किल्ला  भए ।  राजनीतिक परिवर्तनको एक प्रक्रिया हो । म परिवर्तनमा विश्वाश गर्छु म आफु र अमेरिका राष्ट्र प्रती विश्वाश गर्छु । ओबामाले पहिलो पटक राष्ट्रपती बन्दा आफ्नो भाषणमा "आई क्यान चेन्ज" शब्दको प्रयोग गरेका थिए । त्यसै "चेन्ज" को बक्तब्यबाटै भाषणको अन्त गरेका थिए । उक्त बक्तब्य सँगै अमेरिका लगायत विश्वभरका मिडियाहरुले प्रसंसा गरेको बताइेको छ ।
                        मिडिया बिस्लेशकका अनुसार ओबामाको बक्तब्य अमेरिकाको निती भन्दा बढी दुर्दर्शी बक्तब्य रहयो । आफ्नो कार्यकालमा भएको जातिय हिंसा, भेदभाव र ढुलमुल आर्थिक स्थीतीका बारे पनि आफ्नो बक्तब्यमा उल्लेख गर्नु भयो । साथै आफ्नो कार्यकालमा अमेरिका ले धेरै सफलता प्राप्त गरेको र अन्य राष्ट्रहरुले पनि ईर्ष्या गरेको बताए । उनले भने अमेरिका ब्लैक-व्हाईट, एशियन लैटिन, गे-स्ट्रेट सबैलाई समान अधिकार दिएको छ । हामीहरु भय र धुर्वीकरणको राजनिती गर्न नहुने, राजनितिमा परिवर्तन आउँछ त्यसलाई सहजताका साथ स्विकार्नु पर्ने बताए । ओबामाले भने भविश्यमा आउने चुनौतीहरु सँग तब जुध्न सकिन्छ जब हामी हरपल होसियार हुनेछौ । अगाडि भने मैले भयलाई जितेर आफ्नो ईतिहास रचेको छु । 
                         ओबामाले आगामी दिनमा हुने चुनावमा मुस्लिमहरु लाई निसाना बनाईेको मुद्धाको बिषय बारे बोल्दै  आईएसआईएसका कारण हामी अमेरिकामा भएका मुस्लिम जातियलाई दोषी न ठहराइयोस । यसै गरी राष्ट्रपती पदका लागि रिपब्लिकन प्रत्याशी डोनाल्ड ट्रम्प ले मुस्लिम समुदाएका बिरुद्ध नारा लगाउँदै आएका छन ।यद्द्पी उनको यस्तो प्रकार को भाषणले संसारभर प्रतिकृयाहरु अाईरहेका छन । र पनि अमेरिकी भोटर्स को धेरै जसो संख्या उनकै पक्षमा रहेको जनाएको छ । 


0 comments

Write Down Your Responses