८०० सन्तानहरुका बाबु बनेर संसारलाई चकित बनाए ।

१ माघ लण्डन । 
ब्रिटेनका एक नागरिक द्वारा दाबी गरे अनुसार जो कोही पनि आश्चर्यमा पर्न सक्छन । साइमान वाटर्सन नामका ती ब्यक्ती ले दाबी गरेका छन कि हरेक हप्ता एउटा सन्तानले यो संसारमा जन्म लिएका छन । ४१ बर्षिय वाटर्सनका अनुसार अहिले सम्म उनी ८०० सन्तानहरुका बाबु बनीसकेका छन । उनका अनुसार आउँदो ४ बर्ष सम्ममा उनी १००० बच्चाहरुका बाबु बन्ने छन । १००० हजार बच्चाहरुका बाबु बनेर बनाउने चाहना रहेको बताएका छन । वाटर्सन एक अनाधिकृत शुक्राणु बिक्रेता हुन , उनले केवल ५० पाउण्डमा आफ्नो शुक्राणु बिक्री गर्दछन । उनको धेरै ग्राहकहरु फेसबूक मार्फत भेटिने उनले बताए । लण्डन शहरमा यदी कुनै क्लिनिकमा गएर खरिद गर्न चाहे पाँच सय देखी हजार पाउँन्ड सम्म पर्ने   बताईेको छ । वाटर्सनको दाबी छ कि स्पेन देखी ताईवान सम्म उनका सन्तान छन र उनी यस्तो रेकर्ड राख्न चाहन्छन कि, उनको यो रेकर्ड कसैले न तोड्न सकोस ।       


0 comments

Write Down Your Responses