रसुवागढी नाका खुल्यो, रसुवाबासीलाई चीन प्रवेशको अनुमति -

८ कात्तिक, काठमाडौं । चीनसंगको रसुवागढी नाका आइतबारदेखि सञ्चालनमा आएको छ । मध्यानहदेखि चीनले रसुवागढीबाट केरुङ पुग्ने बाटोबीचमा ठोङ्सा क्षेत्रको पहिरो हटाएर नाका खुलाएको हो ।
भुकम्पपछि बन्द रहेको नाका गत असोज २८ गते खुलाइएपनि २४ घण्टा नहुँदै बन्द भएको थियो । चीनले ठोङ्सासहित साना पहिरोहरु हटाएर रसुवाबासीलाई चीनतर्फ जान दिएको रुसुवा उद्योग बाणिज्य संघका अध्यक्ष कैसाङ तामाङले जानकारी दिए ।


चीनले नाकाबाट गाडी भने चल्न दिएको छैन । तर, चीनको निश्चित भु-भागसम्म जानसक्ने रसुवाबासीलाई भने चीनले मध्यान्हबाट रोकेको छैन ।
रसुवागढी पुग्ने नेपालतर्फको बाटोमा कुनै समस्या नरहेको अध्यक्ष तामाङले बताए । केही दिनमै चीनमा तेल लिन ट्यांकरलाई बाटोकै कारण ठूलो समस्या नहुने उनको दावी छ ।



0 comments

Write Down Your Responses