केरुङबाट १८ ट्यांकर पेट्रोल नेपाल भित्रियो, सबै ट्यांकर काठमाडौंका लागि हिँडे

 चीनको केरुङबाट बुधबार राती १८ ट्याङकर पेट्रोल रसुवागढी नाकाबाट नेपाल भित्रिएको छ । नेपाल भित्रिएका सबै ट्यांकर बिहीबार काठमाडौंका लागि हिँडेको छ ।

चीनले अनुदानमा दिने भनिएको १ हजार मेट्रिक टन (१३ लाख लिटर) इन्धन मध्ये ३ लाख ४० हजार ६५ लिटर (२६.२० प्रतिशत) नेपाल भित्रि सकेको छ भने ९ लाख ५९ हजार ३५ लिटर अझै आउन बाँकी छ । यस्तै बिहिबार भने १८ ट्यांकरमा १ लाख ७६ हजार लिटर इन्धन नेपाल भित्रिएको हो । जसबाट बिहिबारसम्ममा ९६ लाख राजश्व समेत उठेको रसुवा भन्सारका अधिकृत श्याम बस्नेतले बताएका छन् ।



,

0 comments

Write Down Your Responses