रावल उपप्रधानमन्त्री, पौडेल अर्थमन्त्री, पोखरेल पर्यटन मन्त्री

काठमाडौँ, १९ कात्तिक । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा भएको छलफलपछि को को मन्त्री बन्ने भन्ने टुंगो लागेको छ । एमालेको तर्फबाट उपाध्यक्ष भीम रावल उपप्रधानमन्त्री बन्ने भएका छन् भने उपमहासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाउने सहमति भएको छ ।
रक्षा र सञ्चारमध्ये एक मन्त्रालय एमालेले पाउने भने पनि कसलाई बनाउने भन्ने निर्णय हुनै बाँकी छ । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उडायन मन्त्रालय आनन्द पोखरेलको भागमा परेको छ । एमालेले अन्य मन्त्रालयहरुको अझै पनि टुंगो लगाउन सकेको छैन ।
एमालेमा सञ्चारमन्त्रीका सम्भावित अनुहारहरु रविन्द्र अधिकारी र शेरधन राईबारे शीर्ष नेतृत्वको बिच छलफल भईरहेको बताइएको छ ।
एमालेले यो सरकारमा ८ वटा मन्त्रालय लिएको छ । जसमा तीनवटामा मात्रै मन्त्री नियुक्त गरेको छ । हाल सोमप्रसाद पाण्डे, अग्नि खरेल र सत्यनारायण मण्डललाई मात्र मन्त्रालयको जिम्मेवारी दिन सकेको छ ।
चर्चामा अष्टलक्ष्मी शाक्य पनि रहेकी छिन् । बिहीबार विस्तार हुने मन्त्री मण्डलमा जनमोर्चाका चित्रबहादुर केसी, मालेका सीपी मैनाली रहने स्रोतको दावी छ । तर कुन कुन मन्त्रालय भने खुलाईएको छैन् ।


,

0 comments

Write Down Your Responses