विप्लव माओवादीले भारतीय ट्रक जलाइदियो

दाङ– विप्लव नेतृत्वको नेकपा माओवादी राप्तीले भारतीय नम्बर प्लेटको ट्रकमा आगजनी गरेको छ दाङको घोराहीमा केरा झारेर फर्किदै गरेको युपी ५५ सी ४०२५ नम्बरको ट्रकमा चार/पाँचजनाको समूहले ट्रकमा

आगजनी गरेको चालक सुकदेव यादवले जानकारी दिए । भारतको कृष्णनगरबाट केरा लिएर आएको ट्रक फर्किने क्रममा घोराही–लमही सडकखण्डको चौपट्टामा रोकेर सो समूहले आगजनी गरेको यादवले बताए । आगजनीबाट ट्रक पूर्णरुपमा क्षति भएको दाङका प्रहरी प्रमुख कुबेर कडायतले जानकारी दिए । ट्रकमा आगलागी भएको जानकारी पाएलगत्तै घोराही नगरपालिकाबाट गएको वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको थियो । भारतीय बिस्तार वाद र नाकाबन्दीविरुद्ध पार्टीको घोषित कार्यक्रम अनुसार माओवादीले भारतीय नम्बर प्लेटको गाडीमा आगो लगाइदिएको जनाइएको छ ।

, ,

0 comments

Write Down Your Responses