सीमा नाकामा अझ कडाइ गर्ने भारतको संकेत, सुरक्षाकर्मीको छुट्टी रद्द

काठमाडौं, कार्तिक २३ । भारतले नेपालसँगको सीमा नाकामा अझ कडाइ गर्ने संकेत देखिएको छ । दीपावलीका अवसरमा सीमा क्षेत्रका सुरक्षाकर्मीलाई बिदा नदिने निर्णय गर्दै भारतले नाकामा कडाइ गर्ने संकेत गरेको हो ।
नेपाल–भारत सीमामा तैनाथ भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले बिहार निर्वाचन परिणाम र नेपालको अवस्थालाई ध्यानमा राख्दै आफ्ना सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीलाई दीपावलीको बिदा दिन अस्वीकार गरेको छ ।


सीमा क्षेत्रमा तैनाथ बटालियन कमाण्डरहरुलाई दीपावलीको छुट्टी नलिन एसएसबीले निर्देश गरेको छ । एसएसबीको मूख्यालयले आफ्ना सबै क्षेत्रीय ईकाईलाई तत्काल लागू भएको सो दिशा–निर्देश पालना गर्न पनि निर्देशन दिएको छ ।

दिशा–निर्देशमा भनिएको छ, ‘अत्यन्त आपतकालिन अवस्थामा बाहेक दीपावलीमा ईकाई कमाण्डरहरुलाई कुनै प्रकारको आकस्मिक बिदा दिइने छैन ।’भारतीय अखबार ‘हिन्दुस्तान टाइम्स’ले सशस्त्र सीमा बलका प्रमुख बी. डी. शर्मालाई उद्धृत गर्दै लेखेको छ, ‘नेपाल सीमाको सुरक्षा अवस्था र बिहारमा विधानसभा निर्वाचन परिणाम घोषित भएपछि दिशा–निर्देश जारी गरिएको हो ।’



0 comments

Write Down Your Responses