ताजा अपडेट - मोरङको रङ्गेलीमा घटेको घटनालाई लिएर धनुषामा आमहडताल ।

८ माघ, जनकपुरधाम।
मोरङको रङ्गेलीमा घटेको घटनालाई लिएर धनुषामा आमहडताल गरिएको छ ।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा घोषित आमहडतालका कारण जनजीवन प्रभावित भएको छ । केही दिनदेखि सहज भएको जनजीवन आजदेखि पुनः कष्टकर भएको छ । हडतालका कारण शैक्षिक संस्थान, बजार, कलकारखाना र यातायात पनि बन्द गरिएको छ । मोर्चाका कार्यकर्ता र नेताहरु बिहानैदेखि जनकपुरका मुख्य चोकहरुमा टायर बालेर लाठी लिएर प्रदर्शन गरिरहेका छन् ।


0 comments

Write Down Your Responses