आज उपाधिका लागि नेपालले बहराइनको सामना गर्दै ।

८ माघ, काठमाडौं ।
 बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलको फाइनलमा उपाधीका लागि आज नेपालले बहराइनको सामना गर्दैछ । खेल नेपाली समय अनुसार अपरान्ह पौने पाँच बजे सुरु हुनेछ । प्रतियोगिताको फाइनल आफ्नो पक्षमा रहने भन्दै प्रशिक्षक बालगोपाल महजर्नले सेमिफाइनलमा नसोचेको प्रदर्शन गर्न टोली सफल भएको भन्दै यही नतिजा फाइनलमा पनि दोहोर्‍याउन खेलाडी तयार रहेको बताएका छन् । मैदानमा नेपाली टोलीलाई उल्लेख्य दर्शकले साथ दिने अपेक्षा रहेको छ । अध्ययनका लागि ढाका पुगेका नेपाली विद्यार्थी तथा बंगलादेश नजिकको छिमेकी भएकोले दर्शकको साथले जितलाई निश्चित गर्न सजिलो हुने महर्जनको विश्वास छ । यो प्रतियोगिता जितेर आउनसके नेपाली फुटबलका लागि सकारात्मक सन्देश हुने र फुटबलको विकासमा सहयोग पुग्ने महर्जनको विश्वास छ ।



0 comments

Write Down Your Responses