बोक्सी लागेको भन्दै बालकलाई तातो फलामले डाम्ने धामी पक्राउ ।

८ माघ, काठमाडौं।
बोक्सी लागेको भन्दै फलाम तताएर नाबालकलाई डाम्ने धामी सुकवहादुर राई पक्राउ परेका छन्।  झाडापखाला लागेका पाँचथर ओयाम–१  फाक्लुङमाका डेढ वर्षीय बालक दिप्सन राईलाई बोक्सी लागेको भन्दै ढुंगा र फलाम तताएर डाम्ने धामी सुकबहादुरलाई प्रहरीले पक्राऊ गरेको हो । स्थानीय झामी सुकवहादुर र तिलवहादुरले ओयाम–१ का धनवहादुर राईका छोरा दिप्सनलाई गत पुस २४ गते  ढुंगा तताएर डाम्दा भएको घाउको उपचार समेत नगराइएको समाचार बाहिर आवएपछि ओयामस्थित  प्रहरी चौकी चरिभञ्याङवाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ  गरेको प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक्राउ परेका सुकवहादुरलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ। यसैवीच तातो फलामले डामिएका बालकलाई उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा लगिएको छ । पीडकलाई यातना तथा क्षतिपूर्ति र बालअधिकार ऐन अन्तरगत मुद्दा चलाउने तयारी भइरहेको श्रेष्ठले बताए । तातो ढुंगा र फलामले डामिएका बालकका देव्रे तिघ्राको घाउ भएकाले केही समयसम्म डाक्टरकै निगरानीमा उपचार गर्नु पर्ने अवस्था देखिएको पाँचथर अस्पतालले जनाएको छ ।


0 comments

Write Down Your Responses