पाकिस्तानका थप विद्यालयहरुमा पनि आक्रमण गर्ने धम्की ।

८ माघ, एजेन्सी।
पाकिस्तानी तालिवानको एक समूहले शुक्रबार सार्वजनिक गरेको एक भिडियोमा उनीहरुले पाकिस्तानका थप विद्यालयहरुमा पनि आक्रमण गर्ने धम्की दिएका छन् । उनीहरुले हालैमात्र पेसावरको एक विश्वविद्यालयमा हमला गरी २१ जनाको ज्यान लिएका थिए । त्यसमा अधिकांश विद्यार्थी परेका थिए । सो हमलाको दुई दिनपछि उनीहरुले शुक्रबार सार्वजनिक गरेको एक भिडियोमा सो धम्की दिएका जनाइएको छ ।पाकिस्तानी तालिवानको एक समूह तेहरिक ए तालिवान (टीटीपी) ले हालै विश्वविद्यालयमा गरिएको सो आक्रमणको जिम्मेवारी लिएको थियो ।सोही समूहले शुक्रबार जारी गरेको एक भिडियोमा पाकिस्तानका थप विद्यालय एवम् विश्वविद्यालयमा हमला गर्ने चेतावानी दिएको हो । पेसावरको चारसद्दा जिल्लामा रहेको बचाखान विश्वविद्यालयमा भएको सो हमलाको जिम्मेवारी लिँदै उक्त अतिवादी समूहले अल्लाहको कानुनलाई चुनौती दिने विद्यालयमा हमला गर्ने जनाएका हुन् ।


0 comments

Write Down Your Responses