ताजा अपडेट - को को छन् नयाँ शक्ति राष्ट्रिय परिषद्‍मा ।

१०  माघ,काठमाडौं ।  
डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति निर्माण अभियानलाई अझै शसक्त पार्न राष्ट्रिय  परिषद्को प्रारम्भिक स्वरुप आइतबार घोषणा भएको छ। 

अल्फाबेटामा मध्यान्ह आयोजित कार्यक्रममा नयाँ शक्ति अभियानको प्रारम्भिक  स्वरुप घोषणा गरिएको हो।  पहिलो चरणमा ३५ सदस्यीय काउन्सिल घोषणा भएको छ। यसलाई क्रमशः विस्तार गरिने छ ।

यो अभियानले हरेक जिल्ला र निर्वाचन क्षेत्रमा नयाँ शक्ति अभियानलाई संचालन गर्नेछ । नयाँ शक्तिलाई पार्टीको रुपमा रुपान्तरण गर्नका लागि पनि यही संरचनाले आवश्यक तयारी गर्नेछ ।

आज घोषणा हुने नयाँ शक्ति अभियानमा माओवादी नेताहरु बाहेक विभिन्न क्षेत्रका नयाँ अनुहार पनि समावेश भएका छन् । पूर्वसचिव रामेश्वर खनाल, स्वतन्त्र विश्‍लेषक मुमाराम खनाल, प्रविण मिश्र, कलाकार सरोज खनाललगायत स्वतन्त्र छवि भएका व्यक्तिहरु पनि प्रारम्भिक काउन्सिलमा रहने भएका छन् । केही कलाकार र व्यवसायी पनि याे अभियानमा स‌ंगठित हुँदैछन्। 

नयाँ संविधानको घोषणा भएपछि बाबुरामले एमाओवादी छोडेर नयाँ शक्ति अभियान थालेका हुन्। एमाओवादीमा छँदा बाबुरामसँग निकट रहेका देवेन्द्र पौडेललगायतका नेताहरु नयाँ शक्तिमा संगठित भइसकेका छन् भने एमाओवादी छोडेर स्वतन्त्र भएका पूर्व माओवादी नेताहरु पनि नयाँ शक्तिको नेतृत्वमा आउने भएका छन् । 

नायिका करिश्मा मानन्धर,  निर्माता अशोक शर्मा, पूर्व एआईजी गणेश राई र पासाङ शेर्पा, केशवमान शाक्य लगायतका जनजाति समुदायका अगुवा नेताहरु पनि नयाँ शक्ति अभियमान लाग्ने भएका छन्। 

कोको छन् नयाँ शक्ति  राष्ट्रिय परिषद्‍मा
अभिनेता अशोक शर्मा, ऋषवदेव भट्टराई, कमला हेम्चुरी,  करिश्मा मानन्धर, केशव दाहाल, डा. केशवमान शाक्य, गणेशराज राई, डा. चैतन्य सुब्बा,   डा. जीतेन्द्र महासेठ , टिका गौचन, डम्बर खतिवडा, तिलक थापा मगर, दलमर्दन कामी, दुर्गा सोव, देवेन्द्र पौडेल, नत्थुप्रसाद चौधरी, नारायण पाण्डे, पासाङ्ग शेर्पा,  डा. प्रवीण मिश्र, मदन राई, मनप्रसाद सुनुवार, मुमाराम खनाल,  डा. मुक्ति रिजाल, मोहनी महर्जन,  डा. राजेन्द्र के.सी. डा. रामकेवल साह, रामचन्द्र झा, रामेश्वर खनाल    लिली थापा, वज्रकिशोर यादव, विसन राई, सरोज खनाल, डा. सुरेन्द्र चौधरी र हरेराम कोइराला


0 comments

Write Down Your Responses