लिफ्ट दिने बहानामा बलात्कार प्रयास ।

१ माघ पाँचथर । 
आफन्तकामा आएकी एक बालिकालाई मोटरसाईकलमा लिफ्ट दिई घर पुर्याईदिने बाहानामा एक युबकले जबर्जस्ती करणी गरेको खुलासा भएको छ । फिदिम नगरपालिका–३ का २२ वर्षीय सुवास मगरले नगरपालिका–२ पल्लोटारमा आफन्तकामा आएकी सिदिनकी एक बालिकालाई घर पुर्याईदिने आश्वासन दिएर आफ्नो मोटरसाइकलमा राखेर लाने क्रममा पल्लोटार जाने बाटोको एक खोल्सीमा जबर्जस्ती करणी गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । बालिकालाई करणी गर्ने मगरलाई प्रहरीले पक्राउ गरी बुधवार सार्वजनिक गरेको छ । सोमबार राति अन्दाजी ८ः३० बजे सो खोल्सीमा मोटरसाइकल रोकेर विवाह गर्छु भन्दै ललाइफकाइ गर्दा आफू नमानेपछि मगरले जबर्जस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । बालिकाको जाहेरीका आधारमा मगरलाई पक्राउ गरी जबर्जस्ती करणीअन्तर्गत म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मगरले पीडित बालिकालाई फिदिम नगरपालिका–१ शनिबारे देखि आफन्तकामा पुर्याईदिने भन्दै आफ्नो मोटरसाइकलमा चढाएका थिए । 


0 comments

Write Down Your Responses