किर्तिपुरको एउटा घरमा सात घण्टादेखि एउटा चितुवा थुनामा ।

८ माघ काठमाडौं ।   
किर्तिपुरको एउटा घरमा सात घण्टादेखि एउटा चितुवा थुनामा परेको छ । बिहान पाँच बजे एकजना बृद्धलाई आक्रमण गरेर चितुवा एउटा घरभित्र पसेको थियो । जिल्ला वन कार्यालय चिडिखानका प्राविधिकले चितुवा नियन्त्रणमा दिन खोजेपनि अझै नियन्त्रणमा लिन सकिएको छैन  । बिहान साढे ५ बजे बाटोमा हिडिरहेका बेला कीर्तिपुर–३ का ६५ वर्षका हिराकाजी महर्जनलाई चितुवाले आक्रमण गरेको हो । प्रहरीका अनुसार महर्जनलाई आक्रमण  गरी भागेको चितुवा कीर्तिपुर–५ का धर्म महर्जनको घरमा पसेको छ । घरको ढोका खुलेको बेलामा पसेको चितुवालाई प्रहरी र स्थानीय बासिन्दाले थुने र चिडियाखानामा खबर गरे । जिल्ला वन कार्यालय काठमाडौं र सदर चिडियाखाना जावलाखेलबाट गएको टोलीले चितुवालाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । घरभित्र निकै अप्ठ्यारो ठाउँमा रहेकाले नियन्त्रणमा लिन कटिनाइ भएको चिडियाखानकाका प्राविधिक राधाकृष्ण घर्तीले बताउनुभयो, यसअघि बानेश्वरमा भेटिएको चितुवा नियन्त्रणमा लिनुभएका घर्तील भन्नुभयो, ‘एकदम अप्पठ्यारो ठाउँमा बसेको छ, नियन्त्रणमा लिन अझै केही समय लाग्छ ।’ अहिले प्रहरी र प्राविधिकको टोलीले घरको माथिल्लो तला भत्काएर चितुवा नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । 


0 comments

Write Down Your Responses