सम्भोग गर्नु पुर्व प्रहरीलाई जानकारी दिनु पर्ने ।

१२ माघ , काठमाडौं ।
ब्रिटेनको एक अदालतले बलात्कारको आरोपमा रिहा भएको एक व्यक्तिलाई कुनै पनि यौन गतिविधिको जानकारी पहिले प्रहरीलाई दिन आदेश दिएको छ। करिब ४० वर्षका यी व्यक्तिलाई दोस्रो पटक चलेको मुद्दापछि सन् २०१५ मा आरोपमुक्त गरिएको थियो।

अदालतले कुनै पनि सेक्स गतिविधिमा सहभागी हुनुभन्दा २४ घण्टा अगाडी यसको जानकरी प्रहरीलाइ दिन आदेश दिएको हो। योर्क स्थित अधिकारीहरुले डिसेम्बरमा जारी गरेको अन्तरिम ‘सेक्स रिस्क’ आदेशलाई थप चार महिनाको लागि बढाएका छन्।

यो आदेश अनुसार सेक्स रिक्सको क्षेत्रमा पर्ने व्यक्तिले आफ्नो कुनै पनि सेक्स गतिविधिको जानकारी प्रहरीलाइ दिनु पर्नेछ। यसो नगर्दा उसलाइ पाँच वर्षको जेल सजायँ हुनेछ। यस्ता व्यक्तिले कुनै पनि महिलासंग यौनसम्पर्क गर्नु २४ घण्टा अगाडी प्रहरीलाई उसको नाम, उमेर अनि ठेगाना बताउनु पर्ने हुन्छ।

0 comments

Write Down Your Responses