करोडौंका महंगा कारमा हिड्ने १६ नेपाली यी हुन्

काठमाडाैं । गाडी सामान्य नेपालीका लागि ‘विलासिता’को साधन होला । तर, त्यही गाडी सम्पन्नता हासिल गरेकाहरुका लागि ‘प्रतिष्ठा र सौख’ दुवै बन्ने गर्छ । आर्थिक विकासका हिसाबले कमजोर मानिने मुलुक हो नेपाल । त्यसैमा यहाँका सडकहरुको अवस्था झन दयनीय छ ।
तर, तिनै सडकमा करोडौ मुल्यका विलासी कारहरु कुद्छन । अझ काठमाडौंका सडकहरुमा सामान्य नेपालीलाई नयाँ स्कुटर चलाउँदा नै मनमा घोच्छ-कोरिएला, टुटला भन्ने चिन्ताले ।
तर, तिनै सडकमा नेपालका सम्पन्नता हासिल गरेका केही ब्यवसायी, उद्योगी, बैकरहरु रहरलाग्दो गरी करोडौंका चिल्ला कारहरु गुडाउँछन ।  ती मध्ये केहीका लागि करोडौंको कार चढ्नु आवश्यकता होला त केहीका लागि सौख । जे भएपनि त्यस्ता धेरै नेपाली छन्, जो ३ करोडदेखि ५० लाखभन्दा माथिको गाडीमा हुइकिन्छन् । महंगा गाडीमा हुइकिने १६ नेपालीका र उनीहरुले प्रयोग गर्ने  गाडी :

कैलाश सिरोहिया 
कान्तिपुर समूहका अध्यक्ष कैलाश सिरोहिया धेरै महंगो गाडी चढ्ने ब्यवसायी मध्येमा पर्छन । नेपालको प्रतिष्ठीत मिडिया ‘कान्तिपुर समूह’का अगुवा सिरोहिया ३ करोड मुल्य बराबरको मर्सिडिज एसयुबी चढ्छन । यसबाहेक उनीसँग २ करोड मुल्य पर्ने हमर र डेढ करोडको रेञ्ज रोभर पनि छ ।

विनोद चौधरी
नेपालका एकमात्र डलर अर्बपति तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी पनि महंगो गाडी चढ्छन । उनीसँग रेञ्ज रोभर छ । यस गाडीको नेपाली बजारमा २ करोड रुपैयाँभन्दा बढी पर्छ । 
आङछिरिङ शेर्पा
यति एयरलाएन्सका मालिक आङछिरिङ शेर्पा बिएमडब्ल्यु चढ्छन् । जसको मुल्य करिब २ करोड रुपैयाँ पर्छ । उनी हर्वाइ क्षेत्रको व्यवसाय मार्फत पछिल्लो समयमा सर्वाधिक सफलता हासिल गरेको ब्यवसायी मध्येमा पर्छन । उनको लगानी हस्पिटालिटीका क्षेत्रमा पनि रहेको छ । 
सुरज वैद्य
नेपाल उद्योेग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष सुरज वैद्य गाडीका पारखी मध्येमा पर्छन । वैद्य अर्गनाइजेशनका अध्यक्ष समेत रहेका उनी झण्डै  एक करोडभन्दा बढी मूल्यको टोयटा फच्र्युनर हाँक्छन । सुरज त्यस्ता ब्यवसायी हुन्, जो आफै गाडी हुइकाउन रुचाउँछन् । उनले वैद्य अर्गनाइजेनशन मार्फत नेपालमा टोयोटा ब्राण्डको गाडी विक्री गर्छन् । 
सौरभ ज्योती
ज्योती समूहका निर्देशक सौरभ ज्योती पनि गाडीका पारखी ब्यवसायीहरुमा पर्छन । उनी १ करोड मुल्यको होण्डा एकोड चढ्छन । उनीसँग होण्डा इनसाइट पनि छ, जुन पेट्रोल र ब्याट्रीबाट चल्छ । जसलाई हाइबि्रड कार भनेर पनि चिनिन्छ । होण्डा इनसाइटको मूल्य करिब ८० लाख रुपैयाँ पर्छ । यस्ता गाडी नेपालमा दुई वटा मात्र छन् ।  मोटरसाइकलका समेत सौखिन सौरभ अक्सर मोटरसाइकलमा यात्रा गरिरहेका हुन्छन् । 
शेखर गोल्छा
गोल्छा समूहका कार्यकारी निर्देशक शेखर गोल्छा नेपालमा नाम कहलिएको अर्को ब्यवसायिक घरानाका लिडर हुन । आफै गाडी हाँक्न रुचाउने उनी फक्सवागन टोरेग चढ्छन । जसको मूल्य झण्डै करिब १ करोड ५० लाखभन्दा बढी पर्छ । 
पशुपति मुरारका
नेपाल उद्योग वाणिज्य महासंघका कार्यवहाक अध्यक्ष पशुपति मुरारकका ल्याण्ड रोभर चढ्छन । मुरारका पनि आफै गाडी हाँक्न रुचाउने व्यवसायी मध्येमा पर्छन । उनको गाडीको मुल्य झण्डै १ करोडभन्दा बढी पर्छ ।
विनोद ज्ञवाली
रिपब्लिक मिडियाका अध्यक्ष विनोद ज्ञवाली पनि रेञ्ज रोभर चढ्छन । जसको मुल्य नेपाली बजारमा करिब २ करोड रुपैयाँभन्दा बढी पर्छ । रिपब्लिक मिडियाअन्र्तगन नागरिक दैनिक, रिपब्लिका र शुक्रबार साप्ताहिक प्रकाशन हुन्छ । 
साहिल अग्रवाल
जगदम्बा ग्रुपका निर्देशक साहिल अग्रवाल २ करोड मुल्य पर्ने हमरमा हुइकिन्छन् । यस ग्रुप अन्र्तगत जगदम्वा सिमेन्ट, जगदम्वा छड लगायत विविध क्षेत्रमा उनीहरुको लगानी रहेको छ । 
मीनबहादुर गुरुङ
नेपालमा सुपर मार्टेक कल्चर भित्र्याएको श्रेय पाएका प्रतिष्ठित व्यवसायी हुन मीनबहादुर गुरुङ । उनले भाटभटेनी नाममा देशभर ८ वटा ठूला सुपरमार्टेक चलाइरहेका छन् । वाणिज्य बैंकबाट जागिर सुरु गरेका गुरुङ पछि व्यापारमा लागेका थिए । श्रीमतिको सुन विक्री गरेर व्यवसाय सुरु गरेको दावी गर्ने गुरुङ अहिले मर्सिडिज एसयुबी र ल्याड रोभर प्रयोग गर्छन् । मर्सिडिज एसयुबीको मूल्य करिब २ करोड र ल्याड रोभर करिब एक करोड रुपैयाँ पर्छ । 
अरुण चौधरी
एक मात्र नेपाली डलर अर्वपति विनोद चौधरीका भाई अरुण चौधरी रेन्ज रोभर र सुजुकी ग्राण्ड भिटारा चढ्छन् । सुजुकी, टिभिएस ब्राण्डको मोटरसाइकल, सिजी मार्ट र सिजी हिल्स अरुण चौधरीले हेर्छन । उनले चढ्ने गाडीको रेन्ज रोभरको मूल्य करिब २ करोड पर्छ भने सुजुकी ग्राण्ड भिटारा करिब ८० लाख रुपैयाँ पर्छ ।
अनुज अग्रवाल
विशाल ग्रुपका निर्देशक तथा नेपाल उद्योग परिसंघका उपाध्यक्ष अनुज अग्रवाल फक्स वागनको टिगुवन चढ्छन । नेपाली बजारमा उक्त गाडीको मूल्य करिब ७५ लाख रुपैयाँ पर्छ । 
विष्णु अग्रवाल
अटो व्यवसायी विष्णु अग्रवाल स्कोडा लाउरा सेडान कार र स्कोडा यति एसयुभी चढ्छन । अग्रवालको एमएडब्लु इन्टरप्राइजेज अन्र्तगत यामाहा मोटरसाइकल, स्कोडा गाडी र जेसीबी ब्राण्डको हेवी इक्विपमेन्ट नेपालमा भित्र्याउँछन । उनले चढ्ने स्कोडा लाउरा सेडान कारको मूल्य ६० लाख रुपैयाँ र स्कोडा यति एसयुभीको मूल्य ८० लाख रुपैयाँ पर्छ । -
अनिल शाह
नेपालमा बैंकर सेलिब्रेटी भनेर चिनिएका मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह रेन्ज रोभर चढ्छन । यसअघि नविल बैंकको सिइओ भएका शाहले विभिन्न कारण चर्चामा आउने गर्छन् । अन्य बैंकरको तुलनामा शाह सामाजिक कार्यहरुमा पनि सक्रिय रहन्छन् । उनले चढ्ने रेन्ज रोभरको मूल्य करिब २ करोड रुपैयाँ पर्छ । 
रामेश्वर थापा
सञ्चार र हवाई व्यवसाय व्यवसाय गरिरहेका क्याप्टेन रामेश्वर थापा ल्याण्ड रोभरमा हुइकिन्छन् । उनको थि्रएनआई अन्र्तगत अन्नपूर्ण पोष्ट प्रकाशन भइरहेको छ भने सिमि्रक एयरलाइन्स अन्र्तगत हवाईजहाज र हेलिकप्टर सञ्चालन गर्छन । उनले चढ्ने ल्याण्ड रोभरको मूल्य १ करोड रुपैयाँभन्दा बढी पर्छ । 
रामकृष्ण प्रसाईं
नेपाली ब्राण्डको चर्चित जुत्ता शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईं सुजुकी ग्राण्ड भिटारा चढ्छन । उक्त गाडीको मूल्य नेपाली बजारमा करिब ८० लाख रुपैयाँ पर्छ । नेपालीपात्र बाट । 
























,

0 comments

Write Down Your Responses