अर्काकी श्रीमतीसँग यौनसम्पर्क गर्दागर्दै सेनाका एक जवान ओछ्यानबाटै पक्राउ

 महेन्द्रनगर । विवाहित महिलालाई आफ्नो माया जालमा पारेर यौनसम्पर्क राख्दाराख्दै नेपाली सेनाका एक जवान कञ्चनपुरमा रंगेहात पक्राउ परेका छन् । डडेल्धुरास्थित गरुड दल गणमा कार्यरत सैनिक जवान चन्द्र बहादुर भुजेललाई मंगलबार राति दोधारा चाँदनीकी एक विवाहित महिलासँग यौनसम्पर्क गरिरहेका बेला स्थानीयहरुले ओछ्यानमै फेला पारेको स्थानीय दिपक चन्दले बताए । 

‘गाउँलेहरुले फेला पारेर प्रहरीलाई बुझाएका छन्’ उनले भने । सैनिक जवान भुजेल र ती महिलालाई मंगलबार राति नै प्रहरीलाई बुझाएको महिलाका सासु अमृतादेवी सारुले पनि जानकारी दिइन् । एक वर्षअघि शुक्लाफाँटा बन्यजन्तु आरक्ष क्षेत्रमा कार्यरत रहँदा भुजेलले ती विवाहित महिलालाई आफ्नो माया जालमा पारी सम्बन्ध बढाएको खुल्न आएको छ । इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका अनुसार ती महिलाका श्रीमान विदेशमा छन् । भुजेललाई ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले नियन्त्रणमा राखेको छ । ती महिलाका एक १२ वर्षको र एक ६ वर्षको २ छोरा तथा श्रीमान रोजगारको सिलसिलामा मलेसियामा रहेका छन् । 


0 comments

Write Down Your Responses