बेलायतमा मोदी विरुद्ध नेपालीले प्रदर्शनको गर्ने


काठमाडौं, २६ कात्तिक । 
   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणको मौका पारेर बेलायतमा बस्ने नेपालीहरुले मोदी विरुद्ध प्रदर्शनको तयारी गरेका छन् । मोदी बिहीवारै बेलायत पुग्ने कार्यक्रम छ । 
ब्रिटिस गोर्खा भुतपूर्व सैनिक संगठन (बिगेसो)को अगुवाइमा सो प्रदर्शन हुन लागेको हो । बिगेसोले नेपालमाथि भारतले लगाएको नाकावन्दी विरुद्धको सो प्रदर्शनमा सहभागि हुन बेलायतमा बस्दै आएका संपूर्ण नेपालीलाई आव्हान गरेको छ । प्रदर्शन बेलायती संसद् भवन अगाडि गरिने बताइएको छ ।  

यसअघि बिगेसोले बेलायती प्रधानमन्त्री डेभिड क्यामरनलाई भेटेर भारतीय प्रधानमन्त्रीसंग नाकाबन्दी खुलाउन पहल गरिदिन आग्रह गरेका छन् । उनीहरुले क्यामरुनलाई ज्ञापन पत्रसमेत बुझाएका छन्् । सो ज्ञापन पत्रमा भारतले नेपालमाथि गरेको नाकावन्दी बदनियतपूर्ण तथा गैरकानुनी रहेको उल्लेख छ ।

बिगेसो क्यामरनलाई बुझाएको सो ज्ञापन पत्रमा भनेका छन् ‘ हाम्रो मातृभूमिलाई आफ्नो अधिनस्त राख्ने वा अथाह जलश्रोत सधैंका लागि कब्जा गर्ने भारतीय रणनीतिकारुपमा हाम्रो देशमा हेरिएको छ । यस्ता कदमले नेपाल सिक्किमीकरण, फिजीकरण वा हालैको क्रिमियाको अवस्था सिर्जना हुने खतरा छ ।’
 खर्भरै भूकम्पका कारण भएको जनधनको क्षतीबाट तंग्रिदै गरेको देश नेपालमा नाकावन्दीले मानवीय संकट उत्पन्न गरेको जनाउँदै बिज्ञप्तिमा ‘बेलायत सरकारले ध्यान दिन आवश्यक छ कि सुगौली सन्धीदेखि नेपालले भागिरहेको कथित भूपरिवेष्ठित हुनुको पीडा ब्रिटिस–भारत सरारले अवलम्वन गरेको औपनिवेशिक राजनीतिकै परिणाम हो । नेपाललाई सुनियोजित ढंगले भौगोलिकरुपमा बाहिरी संसारबाट पूर्णतः अलग राख्न बेलायतले भारत छाडनेबेलामा सधैंका लागि भूपरिवेष्ठित वा भारतवेष्ठित राख्दासमेत नेपाल र नेपाली जनताले भारत र बेलायतमाथि पूर्ण विश्वास तथा भरोसा गरे । दुवै देशले नेपाल र नेपाली जनतालाई उनीहरुका रणनीतिक स्वार्थहरु पुरा गर्ने प्रयोजनका लागि मात्र उपयोग गरे ।’
भारतको कदम संयुक्त राष्ट्रसंघको वडापत्र, समुन्द्रसम्वन्धी संयुक्त राष्ट्रसंघीय महासन्धीलगायतका सन्धी सम्झौताको उल्लंघन भएकाले नाकावन्दी खुलाउन पहल गरिदिन आग्रह गरिएको छ ।


, ,

0 comments

Write Down Your Responses