सरकारसँग वार्ता हुँदै हुँदैन: लक्ष्मणलाल कर्ण



भक्तपुर, १९ कात्तिक । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारले बारम्बार झुक्याएका कारण तत्कालै वार्ताको सम्भावना नभएको बताए ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा कर्णले सरकारले एकातर्फ वार्ता गर्ने र अर्को तर्फ आन्दोलनकारी मार्ने दोहोरो चरित्र देखाएकाले तत्काल वार्ताको वाताबरण सकिएको बताए ।

सरकारले मधेशको आन्दोलनका नाममा बारम्बार नेपालीसँग झुट बोल्ने र मधेशमा आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई दश लाख रुपैयाँ दिने घोषणा समेत झुटको खेती भएको र यस्तो झुटको खेती गर्ने सरकारको आयु समेत लामो नरहेको उनको भनाई छ ।
मधेसको आन्दोलनका जायज मागहरुको सम्बोधन गर्न सरकारले तत्तपरता नदेखाएकै कारण आन्दोलनकारीहरुले शान्तीपूर्ण धर्ना दिएको र धर्नालाई समेत ध्यान दिन छाडेपछि नाकाबन्दी सम्मको अवस्था श्रृजना भएको उनको भनाई छ ।
मधेशको आन्दोलनमा सरकारले आन्दोलनकारीका टहरामा आगो लगाउने, शान्ति पूर्ण आन्दोलनमा लाठि चार्ज गर्नुका साथै गोलि ठोकेर ज्यान लिने क्रमका साथै मधेशका जनतालाई आतंकित पार्न निशेधित क्षेत्र घोषणाले आन्दोलन निरन्तरतालाई मलजल गरेको कर्णको भनाई छ ।
बिरगंजमा जारी आन्दोलनमा एक भारतियको मृत्यु आन्दोलनमा आबद्ध नभएर मामाको घर पुगेर आन्दोलनको रमिता हेर्ने क्रममा भएको भन्दै उहाँले मधेशको अन्दोलनमा भएको मानब अधिकार हननका बारे सबै चुप लागेको टिप्पणी गरे ।
मधेशको आन्दोलनलाई भारतको सहयोगको बिल्ला भिराएर मधेशकै नेपालीको अपमान गर्ने काम यो सरकारले गरेको र नाकाबन्दी भारतले गरेको भन्दै अन्धो राष्ट्रबादको बिल्ला झुन्डाएर नेपाली नागरिकलाई दुःख दिने काम गरिरहेको कर्णको आरोप छ ।
तीन महिना भन्दा पनि लामो शान्तीपूर्ण आन्दोलनको माग सुनुवाई नभएको आक्रोशमा मधेशका युवा आन्दोलनकारीहरुले हतियारको माग गरिरहेको भन्दै कर्णले शान्तीपूर्ण आन्दोलननै सफलताको आधार भएकाले हतियार आवश्यक नहरेको भन्दै सम्झाउन सफल भएता पनि यस्तै भइरहे भन्न नसकिने उनको तर्क छ ।
एक फरक प्रसंगमा नागरिकता अंगीकृत नभएर बंशजको आधारमा भएको भन्दै आफ्नो पार्टीका अध्यक्षको बद्नाम गर्न यस्तो हल्ला गरिएको उनले बताए ।


,

0 comments

Write Down Your Responses