सोच्नै नसकिने कहाली लाग्दो घटना ,,आफ्नै आमाले गरे तिन छोरा छोरीको हत्या ,,पुरा पढ्नुहोस

आमा नै छोरा–छोरीको हत्यारा बनेपछि अब कसको विश्वास बाँकी रह्यो र ? कसले सोच्या होला, १० महिनासम्म गर्भमा राखेर जन्माएका छोराछोरीको आमाले नै ढुङ्गामा राखी घाँटी बटारी पानीमा फ्याक्लिन् भन्ने ? सप्तरीमा एक निर्दयी आमाले तीनजना छोरा–छोरीको हत्या गरेको स्वीकार्दै जेल पुगेकी छन् । तेरहौता–३ की २६ वर्षीया कुडी भनिने सजनदेवी सदाले आफ्नै कोखबाट जन्मेका छ वर्षीय सन्तोष सदा, तीन
सप्तरीको बैरबा–३ स्थित कोसी नदीको पश्चिम तटबन्धको पूर्वतर्फ जमेको पानीमा तीन बालबालिकाको शव गत पुस १९ गते भेटिएका थिए । पानीमा तीनजना छोराछोरीको लाश तैरिएको भेटिएपछि उनीहरुकी आमालाई सुनसरीको हरिपुर–१ बाट माघ २ गते प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो ।
विक्षिप्त अवस्थामा पक्राउ परेकी सजनदेवीलाई ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार गराएपछि इलाका प्रहरी कार्यालय कञ्चनरुपले माघ ४ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।
आरोपितले आफू विरामी भएपछि छोराछोरीले पाल्न नसकेका बेला ससुराले कुटपिट गर्नुका साथै बलात्कार गर्ने गरेको विलौना सुनाइन् । उनले ससुराको अत्याचारबारे पतिलाई सुनाउँदा विश्वास नगरेकाले छोराछोरीलाई मारी आफू पनि मर्ने सोंचले पालैपालो तीन छोराछोरीको हत्या गरेको


बताइन् ।अदालतसमक्ष उनले आफू मर्न खोज्दा साडीको पासो चुँडिएपछि विष खाँदा पनि नमरेको बताइन् । अनुसन्धानमा खटिएका प्रहरी नायव निरीक्षक हरी खड्काका अनुसार घटनास्थलबाट नुवान विषादीको दुई डब्बा, एकजोडीे चप्पल र दुई ठाउँमा पासो बनाइएको साडी र गाँठो बाँधिएको सारीको टुक्रा फेला परेकोले आत्महत्याको प्रयास गरेको देखिन्छ ।सजनादेवीले हत्या गरेका उनका तीन छोराछोरी
रोजगारीका लागि श्रीमान अशोक सदा ललितपुर इमाडोल गएपछि सजनदेवी तीन छोराछोरीसहित बुढी सासु र विदुर ससुरासँग बस्दै आएकी थिइन् । छोराछोरीको शव भेटिएपछि प्रहरीले आमाको खोजी गर्ने क्रममा बाटोमा माघ ४ गते अस्वस्थ र विक्षिप्त अवस्थामा सजनदेवीलाई पक्राउ गरेको थियो ।
आमा सजनदेवीले पटक–पटक आफूले नै छोरछोरीमा मारेको बयान दिएपछि जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको बिहीबार बसेको इजलाशले उनलाई पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको छ ।
पीडितले प्रहरी, सरकारी वकिल र अदालतको इजलाशसमक्ष गरिबी र ससुराको यौन शोषणबाट आजित भई छोराछोरीको हत्या गरी आत्महत्या गर्न खोजेको वयान दिएपछि निजका ससुरालाई समेत अदालत झिकाइएको थियो । ससुरालाई भने अदालतले पछि बुझ्दा ठहरेबमोजिम हुने गरी हाललाई साधारण तारखेमा रिहा गरेको छ ।
वर्षीया नन्दनी र छ महिनाकी अञ्जलीलाई हत्या गरेको स्वीकार्दै अदालतमा बयान दिएपछि जेल पुगेकी हुन् ।



0 comments

Write Down Your Responses