रञ्जित रेको बोलीले दिएको नयाँ संकेत ।

१२ माघ , काठमाडौं । 
धेरैलाई आशा थियो संविधान संसोधनको प्रस्तावलाई स्वागत गरेको भारतले संसोधन विधेयक पारित भएपछि नाकाबन्दी खुल्छ । तर नेपालमा संविधान बनेको जानकारी मात्र पाएको बताएको भारतले संविधान संसोधन विधेयक पारित हुँदा पनि त्यस्तै चिसो प्रतिक्रिया दियो । संविधानको स्वागत नगरेको भारतले संविधान संसोधन गर्ने मन्त्रीपरिषदको निर्णयलाई भने स्वागत नै गर्‍यो । धेरैलाई लागेको थियो भारतको ब्यवहार बदलियो भारत नाकाबन्दी खोल्न आतुर छ ।

तर संविधान संसोधन भएपछि भने नाकाबन्दी नखोल्ने संकेत भारतले दिएको छ। संविधान जारी भएपछिका भारतका प्रतिक्रिया र टिप्पणीको निरन्तरता जस्तै लाग्ने भारतीय राजदुतको बोलीले भारतीय रबैया नबदलिएको र नाकाबन्दी खुल्ने भनेर मख्ख परेको ओली सरकार फेरि जिल्लिने संकेत देखिएको छ । चार महिनादेखि नेपालमाथि नाकाबन्दी लगाउँदै आएको भारतले स्पष्ट रुपमा बाँकी मुद्दा पनि सम्बोधन गर्न सरकार र प्रमुख राजनीतिक दललाई आग्रह गरेर अझै पनि नाकाबन्दी खोल्न भारतका शर्त पुरा नभएको संकेत दिएको हो । सोमबार काठमाडौंमा बोल्दै भारतीय राजदुत रञ्जित रेले कस्ले के गर्यो भन्दा पनि आफूहरुको सरोकार मन्त्रीपरिषदले पास गरेको चार बुँदे प्रस्तावमा रहेको भन्दै त्यसै अनुसार संविधानमा संसोधन हुनु पर्ने धारणा राखेर ओली सरकारलाई थाङ्नामा सुताउन खोजेको कुरा खुल्म खुल्ला भनिदिए ।
उनले भने,‘ हामी मन्त्री परिषदले अनुमोदन गरेको प्रस्तावलाई चिन्छौ । संविधान संसोधन नेपालको राजनीतिक समस्या समाधानको लागि सकारात्मक विकासक्रम भएकोले भारतले त्यसै अनुसार लिएको छ ।’


0 comments

Write Down Your Responses