ताजा अपडेट- एनसिसिसँग मर्ज हुँदै गर्दा एपेक्सको ३६ करोड लुकाउने खेल ।

१२ माघ,काठमाडौं । 
काठमाडौं– काठमाडौंको हात्तिसारमा मूख्य कार्यालय रहेको एपेक्स डेभलपमेण्ट बैंक अव ‘क’ वर्गको वाणिज्य बैंक एनसिसी बैंकसँग मर्ज हुँदैछ । एपेक्स साढे २ वर्षअघि तीनवटा विकास बैँक तथा फाईनान्ससँग मर्ज भएको थियो । एपेक्ससँगै अहिले अन्य तीनवटा विकास बैंकहरु इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेलपमेन्ट बैंक पनि एनसिसिसँग मर्ज हुँदैछन् । पाँचवटा बैंक तथा वित्तीय संस्थाबीच भएको सहमतिमा एनसीसी बैंकका व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रपन्न निरौला, इन्फ्रास्ट्रक्चरका अध्यक्ष इमानसिंह लामा, एपेक्स डेभलपमेण्ट बैंकका अध्यक्ष विष्णुप्रसाद धिताल, सुप्रिम डेभलपमेन्ट बैंकका अध्यक्ष चन्द्रप्रसाद बास्तोला र इन्टरनेशनल डेभलपमेण्ट बैंकक अध्यक्ष माधवप्रसाद भट्टले हस्ताक्षर गरेको पनि दुई वर्ष भईसक्यो । अहिले दुई अर्ब दुई करोड रुपैयाँ चुक्ता पुँजी भएको एनसिसी बैंकसँग चार विकास बैंक मर्ज भएपछि पाँच अर्ब तीन करोड ८३ लाख रुपैयाँको पुँजी हुनेछ । यही चुक्ता पुँजी बढाउनका लागि सरकारले बैंक तथा वित्तिय संस्था मर्जर हुने बाटो खुला गरेपछि अहिले धेरै बैंक वित्तिय संस्थाहरु मर्जरमा गईसकेका छन् । तर, बैंक–वित्तिय संस्थालार्ई बलियो बनाउन सरकारले बनाएको नियम दुरुपयोग गरेर मर्जरमा जाने बाहनामा करोडौँ घोटालाको राम्रो अवसर बनेको रहस्य खुलेको छ । एनसिसिसँग मर्जरमा जाने सम्झौता गरेको एनसिसिको ३६ करोड रुपैयाँका घोटालाको बारेमा कतै कुरा नउठेपछि बैंकको घोटाला लुकाउन मर्जर राम्रो बाहना बनेको रहस्य खुलेको हो । ‘मर्जरको समयमा नेपाल राष्ट्र बैंकले पनि बैंकमा भएका कतिपय घोटालामा लचकता अपनाउने हुनाले आफ्नो कर्तुत लुकाउन मर्जरलार्ई भाग्यमानी समयको रुपमा लिइन्छ’, आफ्नो नाम नबताउने सर्तमा हाल एक बैंकमा उपल्लो तहमा रहेका बैंकरले  बताए ।






0 comments

Write Down Your Responses