प्रधानमन्त्रीले बोलाएकाले काठमाडौं आएको हुँः राजेन्द्र महतो ।


३ माघ, काठमाडौं । 

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस समस्या समाधान हुन्छ भनेकाले आफू काठमाडौं आएको बताएका छन् ।
बिराटनगर झडपमा घाइते भएर उपचारका लागि दिल्ली गएका महतो आइतबार स्वदेश फर्किएका छन् ।
दिल्लीबाट सोझै मधेस जाने योजना भएपनि प्रधानमन्त्रीले बोलाएकाले आफू काठमाडौं आएको उनले बताए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मोर्चाका महतोले भने-प्रधानमन्त्रीले फोन गरेर तपाई काठमाडौं आउनुस्, समस्या समाधान हुन्छ भन्नु भएको छ । त्यही आशा लिएर आएको छु ।’



0 comments

Write Down Your Responses