ताजा अपडेट- १५ वर्षकी केटीलाई नाङ्गै पारेर कुटियो ।

३ माघ,एजेन्सी।
चीनको हाइनान प्रान्तमा एक १५ वर्षकी युवतीलाई सडकमै नाङ्गे झार पारिएको भिडियो र तस्विर यतिबेला भाइरल बनेका छन् । हाइनान प्रान्तको लिङ्गाओमा अन्य किशोरीले सडकमै एक युवती कुटेको र नाङ्गो पारेको दृष्यले चीनमा बढिरहेको वाल अपराधलाई पनि झल्काएको चिनियाँ सञ्चार माध्यम चाइना डेलीले जनाएको छ । ती युवतीलाई कुटिरहेको समयमा नजिकै रहेकाहरु भने भिडियो खिच्न ब्यस्त देखिन्छन् । केही समय पछि भने पुलिसले यो घटनाबारे जानकारी पाएको थियो ।चीनमा रिस उठेकाहरुलाई सडकमै कुट्ने र नाङ्गो पारेर बेइज्जत गर्ने चलन बढिरहेको बताइन्छ । यस अघि पनि यस्ता घटना धेरै पटक सार्वजनिक भैसकेका छन् ।


0 comments

Write Down Your Responses