८ माघ , काठमाडौं ।
नेपालले बहराईनलाई ३-० मा स्तव्ध बनायो। नेपालका लागि विमल घर्तिमगरले खेलको चौथो मिनेटमा पहिलो गोल गरे, यस्तै दोस्रो गोल ८७ औं मिनेटमा विशाल राईले गरे भने तेस्रो गोल इन्जुरी समयमा नवयुग श्रेष्ठले हेड मार्फत गरे।नेपाली राष्ट्रिय टोलीले २३ बर्ष पछि उपाधी जितेको हो। अस अघि सन् १९९३ मा ढाकामा भएको दक्षिण एसियाली खेलकुदमा भारतलाई पेनाल्टीमा हराउँदै नेपालले उपाधी जितेको थियो। यधपी नेपाल (रातो) ले सन् २००९ मा काठमाडौंमा भएको प्रधानमन्त्री कपको उपाधी जितेको थियो। यो जितसँगै प्रशिक्षक बालगोपाल महर्जन राष्ट्रिय यू-१९ र सिनियर टोलीलाई उपाधि जिताउन मदत गरे।
यसै गरी बङलादेश कि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालले जितेको ऐतिहासिक उपाधिका लागि बधाई दिएकी छन्। उनले हिमालयको देश नेपालले उपाधि जितेकोमा आफू खुसी भएको प्रतिक्रिया दिइन्। बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ।
८ माघ, काठमाडौं ।
बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलको फाइनलमा उपाधीका लागि आज नेपालले बहराइनको सामना गर्दैछ । खेल नेपाली समय अनुसार अपरान्ह पौने पाँच बजे सुरु हुनेछ । प्रतियोगिताको फाइनल आफ्नो पक्षमा रहने भन्दै प्रशिक्षक बालगोपाल महजर्नले सेमिफाइनलमा नसोचेको प्रदर्शन गर्न टोली सफल भएको भन्दै यही नतिजा फाइनलमा पनि दोहोर्याउन खेलाडी तयार रहेको बताएका छन् । मैदानमा नेपाली टोलीलाई उल्लेख्य दर्शकले साथ दिने अपेक्षा रहेको छ । अध्ययनका लागि ढाका पुगेका नेपाली विद्यार्थी तथा बंगलादेश नजिकको छिमेकी भएकोले दर्शकको साथले जितलाई निश्चित गर्न सजिलो हुने महर्जनको विश्वास छ । यो प्रतियोगिता जितेर आउनसके नेपाली फुटबलका लागि सकारात्मक सन्देश हुने र फुटबलको विकासमा सहयोग पुग्ने महर्जनको विश्वास छ ।
३, माघ ।
अस्ट्रलियासँगको तेस्रो एक दिवसीयमा भारतीय ब्याट्स म्यान विराट कोहलीले शतक पूरा गरेका छन् । मेलबर्नमा जारी खेलमा शानदार प्रदर्शन गर्दै कोहलीले एक सय रन पूरा गरेका हुन् । कोहलीको यो २४ औं शतक हो ।विराटले यो पारीमा आफ्नो करिअरको सात हजार रन पनि पूरा गरेका छन् । योसँगै उनी सात हजार रन सबै भन्दा छिटो पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।२४ औं शतक पूरा गरेका कोहलीले यो तेस्रो एक दिवसीयमा एक सय १७ बलमा एक सय १७ रन नै बनाए । उनले यस क्रममा सात चौका तथा दुई छक्का प्रहार गरेका छन् । पाँच एक दिवसीयको श्रृँखलामा भारत २–० ले पछि छ ।
माघ ३ – भारत पाँच वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले टेस्ट र्याङकिङमा पहिलो स्थानमा उक्लिएको छ । पहिलो स्थानको दक्षिण अफ्रिका इंग्ल्याण्डसँगको श्रृँखलामा २–० ले हारेपछि भारत पहिलो स्थानमा उक्लिएको हो ।भारतीय टिम एक सय १० अंकसहित शीर्ष स्थानमा छ । एक अंक कम रहेको अस्ट्रेलिया दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाले पछिल्लो एक वर्षमा एउटा पनि टेस्ट क्रिकेट जितेको छैन । इंग्ल्याण्डसँगको चौंथो तथा अन्तिम टेस्ट जितेपनि दक्षिण अफ्रिकाको र्याङकिङमा सुधार हुने छैन । गएको डिसेम्बरमा भारतसँगको टेस्टमा दक्षिण अफ्रिका ३–० ले हारेको थियो । भारत सन् २०११ पनि पहिलो पटक टेस्ट र्याङकिङमा पहिलो स्थानमा उक्लिएको हो ।अस्ट्रेलियाले आउँदो फेब्रुअरीमा छैटौं स्थानको न्युजिल्याण्डसँग दुई टेस्टको श्रृँखला खेल्नेछ । यो खेलमा १–० ले मात्रै जिते पछि अस्ट्रेलिया भारतलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिने छ ।
२ माघ, काठमाडौं ।
राष्ट्रिय फुटबल टोलीबाट नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका वाइबी घले (यमबहादुर) नगदसहित सम्मानित भएका छन् । फ्युचर स्टार हाइ स्कुल, जावलाखेलले वाषिर्क खेलकुद दिवसका अवसरमा शनिबा घलेलाई सम्मान गरेको हो । घलेलाई सम्मान पत्र र नगद १० हजार प्रदान गगरिएको छ । करिब १० वर्ष राष्ट्रिय फुटबल टोलीमा आबद्ध घलेले १९८२ मा भारतको दिल्लीमा भएको एसियाली खेलकुदको फुटबलमा गरेको गोल नै नेपाली खेलाडीले गरेको पहिलो अन्तर्राष्ट्रिय गोल मानिन्छ । १९८४ मा काठमाडौंमा भएको पहिलो साफको फुटबलमा नेपालले स्वर्ण जित्दा घले पनि टोलीका हिस्सा थिए । ५८ वर्षका घलेले विश्व कप, ओलम्पिक छनोटलगायत थुप्रै अन्तर्राष्ट्रिय फुटबलमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । घले प्रख्यात ‘भिक्टोरिया क्रस’ बाट विभूषित स्व. गजे घलेका छोरा हुन् ।
१ माघ,काठमाडौं ।
खेलकुदमा प्रतिबन्धित औषधि प्रयोग नियन्त्रण गर्नेसम्बन्धी निकाय अर्थात एन्टी डोपिंग एजेन्सी (डब्लुएडीए) ले एथलेटिक्स महासंघहरुको अन्तर्राष्ट्रिय संस्था (आइएएएफ) भ्रष्टाचारमा लिप्त भएको प्रतिवेदन बाहिर ल्याएपछि उक्त विश्व संस्थामाथि चरम अविश्वास उत्पन्न भएको छ। उक्त एजेन्सीले डोपिंग प्रकरण ढाकछोप गर्न आइएएएफले रुसलाई सघाएको आरोप लगाएको छ । विभिन्न प्रसिद्ध खेलाडीहरुले खेलकुद विश्वसंस्था नै यस्तो घटनामा मुछिनुले यी निकायले आफ्नै कमजोरीको निराकरण गर्न सक्छ वा सक्दैनन् भन्ने प्रश्न जन्माएको बताएका छन् । विश्व एथलेटिक्सका प्रमुख सिबास्टियन को ले पनि आइएएएफले पुन: प्रतिष्ठा प्राप्त गर्नका लागि कठीन बाटो तय गर्नुपर्ने बताएका छन्। उनले पछिल्लो समस्याको समाधान नगरे एथलेटिक्सको भविष्य नरहने चेतावनी दिए । उनले पुन: विश्वास आर्जन गर्न कदमहरु चालिएको पनि बताए । एन्टी डोपिंग एजेन्सीले को का पूर्ववर्ती लामिन डियाकलाई भ्रष्टाचारलाई प्रोत्साहन दिएको र अनियमितता संगठित पारेको आरोप लगाएको छ । तर उक्त प्रतिवेदनका लेखक डिक पाउण्डले आइएएएफको गुमेको प्रतिष्ठा पुनस्थापित गराउन पछिल्ला प्रमुख को उपयुक्त व्यक्ति भएको बताएका छन्।
२० कात्तिक, काठमाडौं । इंग्ल्याण्डका चर्चित फुटबलर डेभिड बेकहृयाम काठमाडौं आइपुगेका छन् । बेकहृयाम त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रँदा निकै कडा सुरक्षा दिइएको थियो ।
उनले बीबीसीको एक डकुमेन्ट्री सुटिङका क्रममा काठमाडौं आइपुगेका हुन् । विमानस्थलमा उनले सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिएनन् ।
तर, उनले गाडी भित्रै सेल्फी खिचेका छन् । बेकहृयाम अब भक्तपुर गएका छन् । उनले दरबार स्क्वायर अवलोकन गरेकाछन् । साथै एक सल्लाघारीबाट टेम्पो चढेर पद्य उच्च मावि जानेछन् भने बालबालिकासँग भेट गर्ने र टौमदीमा पुगेर फुटबल खेल्ने कार्यक्रम छ ।
डकुमेन्ट्री खिच्ने र यूनिसेफलाई सहयोग जुटाउन बेकहृयामले सात महाद्वीपमा पुगेर फुटबल खेल्ने छन् । उनी पपुवा न्यूगिनीबाट नेपाल आएका हुन् ।

काठमाडौं– म्याच फिक्सिङमा संलग्न भएको प्रमाण फेला पारेपछि फुटबल प्रशिक्षक अन्जन केसी नेपाल प्रहरीको खोजी सूचिमा पहिलो नम्बरमा थिए । काठमाडौंमा प्रहरीले उनलाई खोजिरहँदा अन्जन भने सिक्किमको ‘महाजोंग’ क्यासिनोमा जुवा खेल्दै थिए । सिक्किमबाट फर्केको रात उनी साथीभाईसँग घरमै जमेका थिए । असोज २७ गते उनलाई समात्न उनको निवासमा पुग्दा प्रहरी तीन छक्क परे । कारण थियो, घरको गेट देखि वेडरुमसम्म ‘डबल ब्ल्याक लेबल’ का बोतलै–बोतल थिए । उनलाई पक्राउ गर्न पुगेका एक प्रहरी अधिकृत भन्छन्, ‘गेटदेखि बेडरुमसम्म महंगो ह्विस्कीका खाली बोतल यत्रतत्र थिए, हामी त दंग पर्यौँ ।’
आफ्नो समयमा राम्रै खेलाडीको पहिचान बनाएका अन्जन पछिल्लो समय म्याच फिक्सिङको कालो धन लगानी गर्ने नयाँ गन्तव्यको खोजी गर्दै क्यासिनोमा पुगेका थिए । यसो त उनलाई पहिले नै क्यासिनो खेल्ने लत लागेको थियो । क्यासिनोमा लगानी गर्नेगरी अगाडि बढेपछि उनलाई गुण्डा नाईके दिनेश अधिकारी ‘चरी’ ले भित्री सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ । क्यासिनोमा लगानी गर्न थालेपछि अञ्जनको परिचय फेरिसकेको थियो । उनी राम्रो जुवा खेल्ने ‘जुवाडे’ भैसकेका थिए तर नेपाली खेल प्रेमीहरुले उनलाई पूर्व खेलाडीको नाताले सम्मान गरिरहेका थिए ।
पूर्व खेलाडी विकास सिंह क्षेत्री पछिल्लो समय अन्जनसँगै क्यासिनो धाउन थालेका थिए । प्रहरी फन्दामा पर्नुअघि सिक्कीमको ‘महाजोंग’ क्यासिनोमा अन्जनसँगै विकास पनि गएका थिए । केसी र क्षेत्रीले फिक्सिङको सेटिङ मिलाएबापत पाउने अधिकतम रकम क्यसिनोमा लगानी गरेको प्रहरी स्रोतको भनाई छ ।
गौरवसँग मिलेर रेष्टुरेष्टमा लगानी
म्याच फिक्सिङको आरोपमा पक्राउ परेका प्रशिक्षक तथा खेलाडीहरुले एन्फा अध्यक्ष गणेश थापाकै छोरासँग ललितपुरको एक रेष्टुरेष्टमा संयुक्त लगानी गरेको पाइएको छ । ललितपुरको झम्सिखेलमा रहेको ‘जि–४ ग्यारेज’ नामको रेष्टुराँमा गणेशका छोरा गौरव थापासँग मिलेर खेलाडीहरु सन्दीप राई, रितेश थापा र प्रशिक्षक केसीले लगानी गरेको उनीहरु स्वयंले स्वीकार गरेको प्रहरीले जनाएको छ । पार्टनरसीपमा लगानी गरेको स्वीकार गरेपनि ‘जि–४ ग्यारेज’ उनीहरुको नाममा दर्ता छैन । हाल सो रेष्टुरेण्टको नाम परिवर्तन भैसकेको पाइएको छ । फिक्सिङ आरोपमा पक्राउ परेका खेलाडीहरुको गौरवसँग राम्रो उठबस भएको देखियो छ । ‘पार्टनरसीपमा रेष्टुराँ खोल्नु सामान्य रिलेसन हैन,’ एन्फाका एक पदाधिकारीले भने ।
प्रहरीको भिडियो बयानमा खेलाडीहरुले प्रतियोगिता हार्ने शर्तमा पैसा लिएको स्वीकार गरेको र बैंकिङ कारोवारबाट समेत सो कुरा खुलेको भएपनि उनीहरुले ठुलो परिमाणमा देखिने गरी लगानी गरेको खुल्न सकेको छैन । त्यस्तोमा खेलाडीहरुले लाखौं रकम के गरे ? फिक्सिङबारे अनुसन्धान गरिरहेको एक प्रहरी अधिकृतले भने, ‘परिश्रम बिना आएको पैसा हुनाले उनीहरुले मोजमस्तीमै उडाएको देखिन्छ ।’
सागर थापा केटी घुमाउँथे
घरमा श्रीमती र छोराछोरी भएपनि फुटबल कप्तान सागर थापाले युवती घुमाएर मस्ति गर्ने गरेका थिए । फिक्सिङ खेलेबापत पाउने अधिकांश पैसा थापाले दरबारमार्गका रेष्टुरेष्टमा खाएर तथा युवतीहरुसँग घुम्दै मस्ती गरेर उडाएका थिए । प्रहरी भन्छ, ‘श्रीमतीबाहेक बाहिर उनको गर्लफ्रेन्ड रहेको पाइयो । उनीहरुका लागि नै धेरै पैसा खर्च गरेको देखिन्छ ।’
खेलकुद परिषद् र एन्फाले दिएको पैसाले डाइट खान पनि पुग्दैन भन्दै आएका सागर महँगो कार चढ्थे । बालुवाटारको महँगो फ्ल्याटमा बस्दै आएका सागर प्रायः दरबारमार्गका महँगा रेष्टुराँहरुमा जान्थे । सिंगापुरियन म्याच फिक्सर ‘विल्सन’ लाई थापाले एकपटक दरबारमार्गमा भेटेका थिए । ‘विल्सन’लाई यसअघि विभीन्न देशका प्रहरीले समातेर नक्कली पासपोर्ट काण्डमा मुद्दा चलाएको नेपाल प्रहरीले दावी गरेको छ ।
फिक्सिङ खेलेबापत लाखौं रकम लिएका खेलाडीहरुले सो रकम मस्ति गरेरै उडाएका थिए । ‘उनीहरु ब्राण्डेड कपडा लगाउँथे, महँगा रेष्टुराँमा गएर रक्सी–मासु खान्थे,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।
फिक्सिङमा फसेका खेलाडीहरुले लगाउने एकजोर जुत्ताको १५–२० हजारसम्म पर्ने गरेको पाइएको छ । त्यस्तै उनीहरुले प्रायः एडिडास, रिबोक र नाइकजस्ता ब्राण्डेड कम्पिनीहरुका कपडा लगाउँदै आएका थिए । राष्ट्रको झण्डा बोकेर खेल्न गएकाहरुले राष्ट्रलाई घात गरेको उल्लेख गर्दै महानगरीए प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले भने, ‘उनिहरुलाई कानुनी दायरामा ल्याउनुपर्छ ।’
सबैभन्दा धेरै पैसा बुझ्ने अञ्जन
वेस्टर्न युनियन मनि ट्रान्सफर लगायतका बित्तीय संस्थाहरुका माध्यमबाट फिक्सरहरुले पठाएको मध्यै सबैभन्दा धेरै रकम अन्जन केसीले बुझेको प्रहरी अुनसन्धानबाट खुलेको छ । अन्य चार खेलाडी बाहेक अन्जनले थप दुई जना विदेशीसँग पैसा लिएका थिए ।
देखिने स्रोतबाट मात्रै अन्जनको नाममा १५ लाखको कारोबार देखिएको छ । ‘नदेखिने गरी समेत उनको नाममा विदेशी मुलुकबाट धेरै पैसा आएको हुनसक्छ,’ अनुन्धानमा संलग्न एक प्रहरीले भने ।
विदेशी फिक्सरहरुले पठाएको पैसा बुझ्नेमा अन्जनकी आमा शोभा केसी पनि मुछिएकी छिन् । शोभा केसीले एकपटक वेस्टर्न युनियन मनिट्रान्सफरमा गएर पैसा बुझेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । शोभाले ‘छोराले भनेपछि आफु पैसा निकाल्न गएको’ बयान प्रहरीसमक्ष दिएकी थिइन् ।
प्रायःजसो प्रतियोगिताहरुमा पाँच हजार डलरको दरले पैसा लिएको देखिएपनि सवै रकम वित्तिय संस्था मार्फत मात्रै नभएर हुण्डिबाट समेत आएको हुनसक्ने अपराध महाशाखाका प्रमुख एसएसपी खनालले बताए । उनले भने, ‘देशको प्रतिष्ठासँग जोडिएको खेलकुदमा स्वस्थ प्रतिस्पर्धाको भावनालाइ कायम राख्न हामी सवै लाग्नुपर्छ ।’
विभिन्न १६ खेललाई प्रहरीले शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको छ । अहिलेसम्म सवैभन्दा धेरै पैसा बुझेका अन्जनले बैंक लोनमा कार किनेको देखिएको छ । अर्का खेलाडी सन्दीप राई पनि कार चढ्छन् । फिक्सीङ खेल्ने र त्यसबापत पाउने पैसाले मस्ति गर्नेहरु नेपाली फुटवलको किरा भएको उल्लेख गर्दै एसएसपी खनालले भने, ‘यो जघन्य अपराध हो । यस्ता अपराध नियन्त्रण गर्दै पछिल्लो पिढीलाई पनी सचेत गराउन हामी सँधै सक्रिय रहन्छौं ।’
टिटोनी र विल्सन म्याच फिक्सर
नेपाली खेलाडीहरुलाई पैसा पठाउने सिंगापुरियन नागरिक विल्सनराज र टिटोनीलाई मल्दवा प्रहरीले यसअघि नै म्याच फिक्सर प्रमाणीत गरिसकेको थियो । ती दुई नागरिकलाई यसअघिनै ‘म्याच फिक्सर’ भएको पुष्टि गर्दै मल्दवा प्रहरीले युरोपियन फुटबल संघलाई रिपोर्ट दिएको थियो । मल्दवा प्रहरीले सो रिपोर्ट नेपाल प्रहरीलाई पठाएको छ । टिटोनी र विल्सनले त्यतिबेला मल्दवा प्रहरी अधिकारीहरुलाई घुस खुवाउन खोजेको बताइएको छ । श्रोत रातो पाटि

८ कात्तिक, काठमाडाैं । विश्वचर्चित बेलायती फुटबल खेलाडी डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन् । व्यावसायिक फुटबलबाट सन्यास लिएको झण्डै दुइ वर्षपछि उनी सातदिने फुटबल अभियानका क्रममा नेपाल आउने भएका हुन् ।
बेलायतबाट प्रकाशित सण्डे टाइम्सले जनाएअनुसार बेकह्याम सात दिनमा सातवटा महादेशका बेग्लाबेग्लै देशमा फुटबल खेल्ने तयारीमा छन् । जसमा एउटा मुलुक नेपाल पनि हो ।
बेकह्यामले नेपालसहित पपुवान्यूगिनी, ब्युनस आयर्स, जिबुटी, मायामी र अन्टार्क्टिकामा फुटबल खेल्नेछन् । अन्तिम खेल बेलायतको ओल्ड ट्राफोर्डमा खेल्नेछन् । यो म्यान्चेस्टर युनाइटेडको घरेलु मैदान हो जहाँ उनले ११ बर्षसम्म व्यावसायिक फुटबल खेलेका थिए ।
युनिसेफका सदभावदूतसमेत रहेका बेकह्यामले सात दिनमा सातवटा महादेशमा फुटबल खेलेर युनिसेफका लागि रकम जुटाउन लागेका हुन् । उनले अघिल्लो बर्ष घोषणा गरेको आफ्नै परोपकारी संस्थाको नामसमेत सेभेन हो ।
बेकह्यामसँगै एउटा चलचित्रकर्मीहरुको समूह पनि हुने छ, जसले बीबीसी विश्वसेवा र बीबीसी १ का लागि झण्डै ९० मिनेट लामो वृत्तचित्र तयार गर्ने छ ।
‘मैले खेलकुदको, खासगरि फुटबलले मानिसको जीवनमा परिवर्तनकारी असर पारेको देखेको छु’ बेकह्यामले भने- ‘यो महायात्राले मलाई यो खेलेको सकारात्मक पक्षको प्रर्दशन गर्ने अवसर दिने छ ।’
बेकह्यामको यात्रा कहिले सुरु हुने र नेपालमा कहिले खेल हुने भन्ने स्पष्ट पारिएको छैन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले यसबारेमा संघलाई केही जानकारी नभएको बताए ।

खेलकुद