७ माघ, एजेन्सी।
अमेरिकाका अन्तरिक्ष वैज्ञानिकले सौर्य मण्डलमा नयाँ ग्रह पत्ता लागेको दाबी गरेका छन् । नयाँ पत्ता लागेको ग्रहको आकार पृथ्वीको भन्दा १० गुणा बढी रहेको वैज्ञानिकको भनाइ छ ।क्यालिर्फाेनिया इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले पत्ता लगाएको नयाँ ग्रहको नाम तत्कालका लागि प्लानेट नाइन राखिएको छ । ग्रहको अनुसन्धानको नतिजा भने कम्प्युटर मोडलिङमा आधारित छ । प्लानेट नाइनले वरुणले भन्दा २० गुणा छिटो सूर्यको परिक्रमा गर्ने अनुसन्धानकर्ताले बताएका छन् । सौर्य मण्डलमा यसको अर्बिटको दूरी दुई अर्ब ८० करोड माइलको छ । वरुण भन्दा २० गुणा छिटो गतिमा सूर्यको परिक्रममा गर्ने भएपनि अर्बिट ठूलो भएकाले यसलाई एक पटक सूर्यको पूर्ण परिक्रमा गर्न १० देखि २० वर्षसम्म लाग्ने अनुसन्धानकर्ताले बताएका छन् ।
अमेरिकाका अन्तरिक्ष वैज्ञानिकले सौर्य मण्डलमा नयाँ ग्रह पत्ता लागेको दाबी गरेका छन् । नयाँ पत्ता लागेको ग्रहको आकार पृथ्वीको भन्दा १० गुणा बढी रहेको वैज्ञानिकको भनाइ छ ।क्यालिर्फाेनिया इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले पत्ता लगाएको नयाँ ग्रहको नाम तत्कालका लागि प्लानेट नाइन राखिएको छ । ग्रहको अनुसन्धानको नतिजा भने कम्प्युटर मोडलिङमा आधारित छ । प्लानेट नाइनले वरुणले भन्दा २० गुणा छिटो सूर्यको परिक्रमा गर्ने अनुसन्धानकर्ताले बताएका छन् । सौर्य मण्डलमा यसको अर्बिटको दूरी दुई अर्ब ८० करोड माइलको छ । वरुण भन्दा २० गुणा छिटो गतिमा सूर्यको परिक्रममा गर्ने भएपनि अर्बिट ठूलो भएकाले यसलाई एक पटक सूर्यको पूर्ण परिक्रमा गर्न १० देखि २० वर्षसम्म लाग्ने अनुसन्धानकर्ताले बताएका छन् ।
७ माघ , काठमाडौं ।
अब 'प्राकृतिक प्रकोप पहिचान' कम्प्युटरबाटै काठमाडौं: अब जुनसुकै गाउँको जोकोहीको घर प्राकृतिक प्रकोपमा परेमा उसको पहिचान गर्न सम्बन्धित गाउँमा पुगिराख्नु पर्दैन।
इन्टरनेटको पहुँच भएको कम्प्युटरबाट प्राकृतिक प्रकोपमा परेको घरपरिवारका सदस्यहरूको आर्थिक, सामाजिक र व्यक्तिगत विवरण थाहा पाउन सकिने प्रविधिको विकास भएको छ।नेपालमा पहिलोपटक परीक्षणका रूपमा थालिएको डाटाबेस सफल भएमा यसलाई मुलुकभर विस्तार गर्न सकिने विश्वास सम्बद्ध अधिकारीहरूले लिएका छन्। भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण अभियान सञ्चालन गर्नुअघि दाताहरूको सर्तअनुसार थालिएको सर्वेक्षणपछि त्यस्तो अवस्था आउने तथ्यांक विभागका निर्देशक ढुण्डिराज लामिछानेले बताए।दोलखाबाट सञ्चालन गरिएको सर्वेक्षण वैशाख १२ गतेसम्म भूकम्पबाट अति प्रभावित १४ जिल्लामा पूरा गर्ने लक्ष्यका साथ कार्ययोजना बनाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
'अब हुने प्राकृतिक प्रकोपलाई तत्काल सम्बोधन गर्न सकिने गरी तथ्यांक संकलन गरिएको छ। कुन गाउँको कुन घर पहिरोले पुर्यो भन्ने कुरा गुगल म्यापबाट तत्कालै हेर्न सकिने बनाइँदैछ', तथ्यांक विभागका निर्देशक लामिछानेले भने, ‘इलेक्ट्रोनिक्स डाटाबेस तयार गर्दैछौं।'
लामिछानेका अनुसार सर्वेक्षणमा संलग्न इन्जिनियर र सामाजिक परिचालक परिचालन गरेर गाउँगाउँमा थालिएको सर्वेक्षणलाई इन्टरनेटको पहुँच भएको ठाउँमा पुग्नेबित्तिकै अपलोड गरिन्छ। 'अपलोड भएपछि कुन गाउँको कुन घरको अवस्था र परिवारका सदस्यहरूको व्यक्तिगत विवरण केन्द्रको सर्भरमा आउँछ।
कुन घर इन्ट्री भयो भन्ने कुरा हेर्न मिल्छ' लामिछानेले भने, 'भूकम्पका कारण कस्ता घर भत्किए, क्षतिको स्तर कस्तो छ, डेरामा बस्नेको अवस्था के छ, स्थायी बसोबास हो कि अस्थायी बसोबास हो, सामाजिक र आर्थिक अवस्था कस्तो छ।'
दोलखामा खटिइएका तथ्यांक विभागका अधिकृत दिनानाथ लम्सालका अनुसार सर्वेक्षणले सामाजिक सुरक्षाका अभियान सञ्चालन गर्न पनि सहयोग पुग्नेछ। 'कुन परिवारमा कुन उमेर समूहका कस्तो पृष्ठभूमिका मानिस छन् भन्ने विवरण केन्द्रबाटै थाहा पाउन सकिन्छ', लम्सालले भने।
सर्भरमा हुने रेकर्डका आधारमा प्राकृतिक प्रकोप हुँदा सुरक्षाकर्मी परिचालनका लागि पनि सहयोग पुग्ने अधिकारीहरूको विश्वास छ। सर्वेक्षणका लागि प्राधिकरणले करिब तीन हजार इन्जिनियरलाई तालिम दिएर गाउँगाउँमा परिचालन गर्दैछ।
४ माघ, काठमाडौं ।
नेपाल टेलिकमले सोमबारदेखि नयाँ नेपाली सामाजिक सञ्जाल सुरुवात गरेको छ । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले नेपाल टेलिकमको ‘मीट’ (meet) नामक नयाँ सामाजिक सञ्जालको सुरुवात गरे । मीटमा टेक्स्ट, फोटो, अडियो तथा भिडियोलाई एक अर्कामा सेयर गर्न सकिनेछ । त्यसैगरी कम्पनीका विभिन्न सेवाका बारेमा ग्राहकसँग आवश्यक अन्तरक्रिया समेत गर्न सकिने कम्पनीले जनाएको छ ।
यसले कम्पनीका सेवाग्राही र कम्पनीका बीचमा सामाजिक सम्बन्ध विकास गराउने अपेक्षा गरिएको छ ।
‘मीट’को नेपाली अर्थ भेट्नु भन्ने हुन्छ । सबै भेट हुने प्लेटर्फमको रुपमा यसलाई विकास गरिएको नेपाल टेलिकमले बताएको छ । टेलिकमले आफ्ना विभिन्न किसिमका सेवाहरुलाई एउटै सिस्टममा आबद्ध गराउने उद्देश्य अनुरुप एकीकृत सञ्चार प्रणालीको रुपमा विकास गर्न यो सेवाको सुरुवात गरेको हो ।
कम्पनीका मोबाइलमार्फत www.meet.net.np मा आफ्ना निश्चित विवरण भरी रजिस्टर गरेर यो सेवा उपभोग गर्न सकिनेछ । टेलिकमले यही सेवा मार्फत ग्राहकलाई प्रतिदिन १० वटा एसएमएस निःशुल्क दिने भएको छ । त्यसैगरी यो सेवा मार्फत प्याकेजका रुपमा निश्चित शुल्क तिरेर एकै पटक धेरै संख्यामा एसएमएस पठाउन पनि सकिने कम्पनीले जानकारी दिएको छ । मीटको सुरुवात गर्दै मन्त्री राईले टेलिकमले नयाँ-नयाँ सेवा सुरुवात गरेकोमा खुसी व्यक्त गरे । टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ नयाँ सेवा पनि उपलब्ध गराएको उल्लेख गरे । १० करोड रुपैयाँ खर्च गरेर झण्डै दुई बर्ष लगाएर यो संजाल निर्माण गरिएको हो ।
३,माघ ।
स्मार्टफोनको प्रतिस्पर्धामा पछाडी परिरहेको नोकियाले बजार तताउने तयारी गर्दैछ। सार्वजनिक हुने तरखरमा रहेको नोकियाको नयाँ स्मार्टफोन ‘सि १’ का तस्बिर सार्वजनिक भएका छन् । सन् २०१६ को अन्त्यतिर माइक्रोसफ्ट कम्पनिसंगको सम्झौता सकिने बताउँदै नोकिया कम्पनीका सिइओ राजिव सुरले सन् २०१६ मा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने बताएका थिए। तथापी, सि १ रिलिज हुनुभन्दा अगाडि नै यसको तस्विर र स्पेसिफिकेसनहरू सार्वजनिक भएको हो । यो स्मार्टफोन दुइ फरक अपरेटिङ सिस्टमका साथ सार्वजनिक हुने बताइन्छ। एक एण्ड्रोइड र दोस्रो माइक्रोसफ्टको अपरेटिङ सिस्टम विण्डोज १० सहित नोकियाको यो स्मार्टफोन दुई साइजमा आउनेछ र दुवै डिभाइसमा भिन्दाभिन्दै क्यामेरा हुनेछ।
अब तपाइँलाई आफ्नो इमेल तथा मोबाइल फोनको पासवर्ड सम्झिराख्नुपर्ने झण्झटबाट मुक्ति मिल्नेवाला छ । प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले यस्तो प्रविधिको आविष्कार गर्दैछ जसबाट मोबाइल फोन वा इमेलको पासवर्ड सम्झिनुपर्ने तथा त्यसको सुरक्षा सँग सम्बन्धित सबै खाले समस्याहरु हट्नेछन् ।
प्रयोगकर्ताहरुलाई पासवर्डको चिन्ताबाट मुक्ति दिलाउने विषयमा काम गरिरहेको माइक्रोसफ्टले जनाएको छ ।
माइक्रोसफ्ट कम्पनीका सिइओ सत्य नादेलाले यो कुराको खुलासा गरेका छन् की सुरक्षाको सबैभन्दा ठूलो मुद्दामा एक पासवर्ड पनि हो ।
माइक्रोसफ्ट अहिले यस्तो व्यवस्थामा काम गरिरहेको छ जहाँ पासवर्ड जस्तो चिजको आवश्यकता हुनेछैन । यो प्रविधिको प्रयोग गरेपछि तपाइँको सिस्टमलाई कसैले पनि ह्याक गर्न सक्नेछैन । यो सँगै प्रयोगकर्ताको साथमा अन्य विभिन्न बायोमेट्रिक्स हुनेछन् जसले तपाइँको अकाउण्टको सुरक्षामा थप मद्दत गर्नेछन् ।
जीवनमा सफलता र असफलता भाग्य रेखा अनुसार मिल्ने ज्योतीसशास्त्रहरु बताउने गर्दछन् । त्यस्तै हाम्रो हातमा हुने भाग्य रेखाले सफलता र असफता निर्धारण गर्ने पनि बताउँछन् । जस्तै मानिसको हत्केलामा हुने भाग्य रेखाले जीवनका धेरै कुरा निर्धारण गर्दछ ।
कहाँ हुन्छ भाग्य रेखा ?
तपाइको हत्केलाको मध्य– भागमा माझी औंलाको फेदसम्म पुगेको हुन्छ, भाग्य रेखा । त्यहाँको भागलाई शनि पर्वत भनिन्छ । र हत्केलाको कुनै भागबाट शुरु भएको रेखा शनि पर्वतमा आइपुग्छ भने त्यही नै भाग्य रेखा हो । खासमा भाग्य रेखा कहाँबाट शुरु हुन्छ र कसरी शनि पर्वतमा पुग्छ भन्ने कुराले मान्छेको भाग्य कस्तो छ भन्ने थाहा हुन्छ ।
जुन व्यक्तिको हत्केलामा भाग्यरेखाको उदगम चन्द्र पर्वतमा हुन्छ, त्यस्ता ब्यक्तिलाई स्त्रीको सहयोगमा भाग्य चम्किन्छ । कुनै स्त्री जीवनमा आउना साथ यस्ता ब्यक्तिको प्रगति हुन्छ । त्यस्तै कुनै केटीको हातमा यस्तो भाग्य रेखा भएमा पुरुषको सहयोगमा भाग्य चम्किन्छ ।
विहेपछि जुन काममा हात हाले पनि सफल हुन्छ । जुन ब्यक्तिको भाग्य रेखा जीवन रेखाबाट शुरु हुन्छ त्यस्ता ब्यक्तिले जीवनमा मेहनतबाट सफलता पाउँछन् । त्यस्तै भाग्य रेखा हत्केलाको मध्यभागबाट शुरु हुने ब्यक्तिको जीवनमा धेरै संघर्ष गर्नुपर्छ । युवा अवस्था पुगेपछि मात्र यिनीहरुलाई भाग्यले अलि साथ दिन्छ ।
कहाँ हुन्छ भाग्य रेखा ?
तपाइको हत्केलाको मध्य– भागमा माझी औंलाको फेदसम्म पुगेको हुन्छ, भाग्य रेखा । त्यहाँको भागलाई शनि पर्वत भनिन्छ । र हत्केलाको कुनै भागबाट शुरु भएको रेखा शनि पर्वतमा आइपुग्छ भने त्यही नै भाग्य रेखा हो । खासमा भाग्य रेखा कहाँबाट शुरु हुन्छ र कसरी शनि पर्वतमा पुग्छ भन्ने कुराले मान्छेको भाग्य कस्तो छ भन्ने थाहा हुन्छ ।
जुन व्यक्तिको हत्केलामा भाग्यरेखाको उदगम चन्द्र पर्वतमा हुन्छ, त्यस्ता ब्यक्तिलाई स्त्रीको सहयोगमा भाग्य चम्किन्छ । कुनै स्त्री जीवनमा आउना साथ यस्ता ब्यक्तिको प्रगति हुन्छ । त्यस्तै कुनै केटीको हातमा यस्तो भाग्य रेखा भएमा पुरुषको सहयोगमा भाग्य चम्किन्छ ।
विहेपछि जुन काममा हात हाले पनि सफल हुन्छ । जुन ब्यक्तिको भाग्य रेखा जीवन रेखाबाट शुरु हुन्छ त्यस्ता ब्यक्तिले जीवनमा मेहनतबाट सफलता पाउँछन् । त्यस्तै भाग्य रेखा हत्केलाको मध्यभागबाट शुरु हुने ब्यक्तिको जीवनमा धेरै संघर्ष गर्नुपर्छ । युवा अवस्था पुगेपछि मात्र यिनीहरुलाई भाग्यले अलि साथ दिन्छ ।
बुटवल, १९ कात्तिक । भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशभर ईन्धन संकट हुँदा प्रयाप्त सवारी नचलेपछि जनताको आर्कषण ई–रिक्सा प्रति बढ्दै गएको छ ।
नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि बुटवलमा ई–रिक्साको प्रयोग अत्यधिक बढेको छ । विद्युतले ई–रिक्सामा प्रयोग हुने व्याट्री चार्ज गरेर सञ्चालनमा रहेको ई–रिक्सा अहिले बुटवल बजारमा प्रयाप्त मात्रमा चलेको देख्न सकिन्छ । बातावरणमैत्री ई–रिक्सा सञ्चालन हुँदा चालकहरुलाई राम्रो आम्दानी पनि भैरहेको छ ।
बुटवलको मुख्य राजमार्ग तथा भित्रि सडकमा ई–रिक्सा सञ्चालन हुँदा जनता लाभाम्वित बनेका छन् । नगरक्षेत्रभित्र चल्ने रिक्साले प्रतिव्यक्ति २५ रुपैयाँ सम्म लिने गरेका छन् । ईन्धनको अभाव हुँदा कानुनी रुपमा दर्ता प्रक्रियामा रहेका ई – रिक्साहरु अहिले भने निर्वाध रुपमा चलिरहेका छन् ।
दर्ता प्रक्रिया र चालक अनुमति पत्र विना पनि ई–रिक्सा सञ्चालन गरिएको भएपनि अहिले ईन्धन संकटको अवस्थामा यस बारेमा सरोकारवाला निकायहरुले संकटको अवस्थामा ‘गर्जो टारेको’ भाव व्यक्त गरेका छन् ।
यातायात व्यवस्था कार्यालय लुम्बिनीका शाखा अधिकृत बालकृष्ण हुमागाईले ई–रिक्सा सञ्चालन गर्न नदिनुको कारण सहित ई–रिक्सा सञ्चालन समितिले मुद्धा दर्ता गरेकाले अहिले यस बारेमा केही बोल्न नमिल्ने बताए । रिक्सा व्यवसायी समितिले जिल्ला प्रशासन कार्यालय रुपन्देही, पश्चिम नेपाल बस व्यवसायी संघ, यातायात विभाग, भौतिक पुर्वधार तथा यातायात मन्त्रालयलाई विपक्ष बनाएर ई–रिक्सा सञ्चालन गर्न नदिनुको कारण माग गर्दै सर्वोच्चमा मुद्धा राखेको छ । अहिले सो मुद्धा विचाराधिन अवस्थामा रहेको छ ।
शाखा अधिकृत हुमागाईले तेल संकटको अवस्थामा जनताले सुविधा पाएकाले तेल संकट कम भएपछि थप यस बारेमा छलफल गरेर अगाडि बढ्ने बताए ।
दुई वर्ष अगाडि सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा विद्युतीय रिक्सा दुर्घटना हुँदा ४ जनाको ज्यान गएपछि ई–रिक्सा सञ्चालनमा खिचातानी बढ्दै गएको छ । फल स्वरुप पश्चिम नेपाल बस व्यवसायी संघले मुख खोलेरै ई–रिक्सा दर्ता नगर्नु भन्दै यातायात विभागलाई पत्र समेत काटेको थियो ।
लुम्बिनी ई–रिक्सा यातायात व्यवसायी संघका महासचिव प्रेम थापा मगरका अनुसार अहिले ई–रिक्सा संघमा एक सय भन्दी बढी दर्ता भइसकेका छन् । थापाले आफूहरु सबै पक्षसँग छलफल गरेर विस्थापित÷स्थापितको अवधारणामा जान तयार रहेको बताए ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका एसपी प्रकाश अधिकारीले अर्को अञ्चलमा दर्ता भएका ई–रिक्सा पनि यहाँ सञ्चालन भएको बताए । उनले ईन्धन संकट पछि जिल्ला प्रशासन, बुटवल उपमहानगर पालिका, यातायात व्यवस्था कार्यालय र रिक्सा समिति सँग छलफल गरेर व्यवस्थित रुपमा ई–रिक्सा सञ्चालनका लागि अनुमति दिने बताए ।
उनले कति रिक्सा चल्ने दिने, कुन कुन क्षेत्रमा दिने र कति भाडामा लिने भन्ने बिषयमा छलफल गरिने बताए । ई–रिक्सा लाई रुट ईजाजतको विषयमा प्रशासन सँग छलफल गर्ने समेत उनको भनाई छ ।
ई–रिक्सालाई एकपटक पूरा चार्ज गरिसकेपछि ८० किलोमिटरदेखि १२० किलोमिटरसम्म चलाउन मिल्ने बताइएको छ । पेट्रोल डिजेलको प्रयोग नहुने हुँदा यसले वातावरणमा कुनै असर नगर्ने भएकाले यसलाई वातावरणमैत्री रिक्सा पनि भने गरिएको छ ।





