जेनेभामा परराष्ट्र मन्त्रीकै अगाडि राष्ट्रसंघीय बैठकमा भारतद्वारा नेपालको आलोचना
काठमाडौँ : जेनेभामा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाकै अगाडि संयुक्त राष्ट्र संघको २३ औँ विश्वव्यापी आवधिक समीक्षा (युपिआर) बैठकमा भारतले नेपालको कडा आलोचना गरेको छ। संविधान घोषणापछि भएका हिंसात्मक घटनाहरुप्रति चासो देखाउँदै भारतीय प्रतिनिधि भण्डलले नेपालमा गैर न्यायिक हत्या बढेको, जातीय समुदायमाथि भेदभाव गरिएको बारे प्रश्न उठाएका थिए। समस्या समाधान बल प्रयोग
बाट नहुने भन्दै समस्या समाधान गर्न राजनीतिक अनिच्छाको कुरा पनि उठाउँदै गर्दा बैठकका सभापतिले समय सकिएको भन्दै भारतीय प्रतिनिधि मण्डलको बोलीलाई बीचैमा रोकेका थिए। नेपालको उत्तरी छिमेकी चीनले भने गरिबी निवारणमा ध्यान दिन भन्दै सामान्य मन्तव्य दिएको थियो। बैठकमा बोल्ने अधिकांश राष्ट्रले नेपालमा महिला सहभागिता बढेको, महिला राष्ट्रपति र सभामुख चुनिएको, संविधान घोषणा भएकोमा प्रशंसा गरेका थिए। अमेरिकाले नेपाललाई धार्मिक स्वतन्त्रता सुनिश्चित गर्न सिफारिश गरेको थियो।

0 comments
Write Down Your Responses