नेपाल सरकार भारतलाई बदनाम गर्न सक्रिय रहेको भन्दै आरोप लगाए - महेन्द्र राय
काठमाडौं, १७ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महेन्द्र राय यादवले नेपाल सरकार भारतलाई बदनाम गर्न सक्रिय रहेको भन्दै बचाउ गर्नु भएको छ । नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले नेपाल सरकारले भारतलाई विभिन्न आरोप लगाएर बदनाम गरेको आक्षेप लगाउनुभयो । ‘नेपालले भारतको बदनाम गर्ने कार्य तत्काल रोक्नुपर्छ’, उहाँले भन्नुभयो, ‘सरकारले निर्दोश भारतीय नागरिकको हत्या गरेको छ । घोर आपत्तिको विषय हो ।’
मधेसी मोर्चाको आन्दोलनलाई लिएर भारतले नेपालमा अघोषित नाकाबन्दी लगाइरहेका बेला सोमबार वीरगञ्जमा भएको प्रदर्शनमा भारतीय नागरिकको मृत्यु भएको थियो । सो विषयलाई लिएर मधेसी मोर्चा आक्रोशित बनेको छ । अध्यक्ष यादवले सरकारले मधेसी मोर्चाको शान्तिपूर्ण आन्दोलनमा दमन गरेको आरोप लगाउनु भयो । ‘भारतीय भूमिमा गएर नेपाल सरकारले भारतीयको हत्या गरेको’, अध्यक्ष यादवले आरोप लगाउँदै भन्नुभयो, ‘वीरगञ्जमा मारिएका भारतीय नागरिक हाम्रा सार्थक हुन् ।’
0 comments
Write Down Your Responses