जेनेभामा कुरा राख्दैमा ‘नाकाबन्दी’ अन्तर्राष्ट्रियकरण हुँदैनः भारत -

काठमाडौं – जेनेभामा बुधबार नेपालबारे संयुक्त राष्ट्र संघको २३ औँ विश्वव्यापी आवधिक समीक्षा (युपिआर) बैठकमा परराष्ट्रमन्त्री कमल थापाले सीमा अवरोधको बारेमा गम्भिर रुपमा कुरा उठाएपनि त्यसले नेपाल मामिला अन्तर्राष्ट्रियकरण नभएको भारतले दाबी गरेको छ । जेनभा सम्मेलनपछि आयोजित पत्रकार
सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले जेनेभा सम्मेलनमा भारत र नेपालले राखेको कुरा उक्त सम्मेलनको नियमित प्रक्रिया मात्र भएको उल्लेख गर्दै त्यसले मुद्दा अन्तर्राष्ट्रियकरण नहुने बताए । भारतीय पत्रकारले ‘नेपालले सीमाअवरोधको कुरा जेनेभामा राखेपछि के द्विपक्षीय मामिला अन्तर्राष्ट्रिय करण भएको हो ?’ भन्ने प्रश्नमा स्वरुपले सो कुरा बताएका हुन् । स्वरुपले भारतले नाकाबन्दी नगरेको र दैनिकरुपमा परवाहनहरु नेपालभित्री रहेको र सीमा नाकामा आन्दोनकारीहरुले अवरोध गरेका कारण समस्या भएको पूरानो कुरा दोहोराए । ‘हामी सबै नाकाबाट सामान पठाउने सक्दो कोसिस गरिरहेका छौं,’ उनले भने, ‘दैनिक रुपमा भन्ने हो भने ४ सय देखि ६ सय सवारीसाधनहरु नेपाल भित्रिनैरहेका छन् ।’ स्वरुपले नेपालको समस्या राजनीतिक भएका कारण त्यसको समाधान राजनीतिक रुपमै गरिनुपर्ने बताए । ‘हामीले यही सुझाव बारम्बार नेपाललाई दिइरहेका छौं,’ उनले भने । वीरगंजमा नेपाल प्रहरीको गोलीबाट मारिएका भारतीय नागरिकको बारेमा सरकारलाई रिपोर्ट पनि मागिएको उनले बताए । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको बारेमा भने उनले हाल कुनै तयारी नरहेको बताए । ‘प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणको इच्छा देखाउनुभएको थियो । तर हाल कुनै मिति तय भएको छैन,’ उनले भने ।


, ,

0 comments

Write Down Your Responses