जनता औषधी, इन्धन र खाद्यान्नको अभाव खेपिरहेका बेला प्रचण्ड भने परिवारसहित रिसोर्टमा रमाउँदै

काठमाडौं, २६ कात्तिक । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल तिहारका बेला रमाइलो गर्न सिन्धुपाल्चोकस्थित रिसोर्टमा पुगेका छन् । उनी एक्लै नभई आफ्ना परिवारका सदस्य र केही सुरक्षाकर्मीसहित बुधबार साँझ सिन्धुपाल्चोकको सिकुटेस्थित रिसोर्टमा पुगेका हुन् । सा्रेतले जनाए अनुसार दाहारको साथ वनमन्त्री अग्नि सापकोटा पनि गएका छन् । 

यसअघि पनि अध्यक्ष दाहाल सिकुटेस्थित सो रिसोर्टमा गएर मुड फ्रेस गर्दै आउने गरेका थिए । उनको खानपानको व्यवस्था मन्त्री सापकोटाले मिलाइदिएको स्रोतको दाबी छ । आम नेपाली जनताले भारतलेको नाकाबन्दीका कारण औषधि तथा दैनिक उपभोग्य सामाग्री नपाएर कष्टकर दैनिकी वितारइरहेका बेला सत्तारुढ दल एमाओवादीका अध्यक्ष भने सपरिवार रिसोर्टको बासका लागि त्यसतर्फ गएका हुन् ।


0 comments

Write Down Your Responses