दीपावली सुरु भएकै दिन श्रीमानले यसरी काटे श्रीमतीको संवेदनशील अंग

अहिले हरेक ठाउँमा तिहारको रमझम छ । सबैको खुसीयालीका साथ महान पर्व तिहार मनाइरहेका छन् ।
तर, यहाँ एक परिवारका विवाद हुँदा श्रीमानले श्रीमतीको शरीरको अंग काटिदिएका छन् । घरमा भएको एक सानो विवादमा श्रीमानले दर्दनाक तरिकाले श्रीमतीको नाक काटिदिएका छन् । माईतीले गहना दाइजो नदिएको निहुँमा गरेपछि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरेर नाक काटिदिएका हुन् ।


घाइते अवस्थामा महिलालाई बागड अस्पतालमा भर्ना गरिएको छ । जहाँ उनको उपचार भइरहेको छ । प्रहरीका अनुसार हाउसिंग बोर्ड निवासी एक महिलाले आफ्ना श्रीमान सांवलसिंहविरुद्ध दाइजो नल्याएको निहुँमा यातना दिएर घरबाट निकालेको मुद्दा प्रहरी चौकीमा दर्ता गराएकी छिन् । प्रहरीले घटनाको मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । घटना भारतको पाली सहरको हो ।


,

0 comments

Write Down Your Responses