बिहान–बेलुका लोडसेडिङ नहुने’


ललितपुर, २६ कातिक । उपप्रधानमन्त्री एवम् उर्जामन्त्री टोपवहादुर रायमाझीले नियमितरुपमा हुँदै आएको लोडसेडिङमा परिवर्तन गर्दै बिहान र बेलुकाको समयमा लोडसेडिङ मुक्त गराउने सरकारको तयारी रहेको बताए ।

मन्त्री निवास हरिहरभवनमा गरिएको देउसीभैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले उर्जा क्षेत्रको विकासका लागि नीतिगत संरचना ल्याएर प्रभावकारीरुपमा ठूला जलविद्युत आयोजना युद्धस्तरमा सञ्चालन गरिनुपर्नेमा जोड दिए ।
उनले पेट्रोलियम पदार्थको समस्या समाधानका लागि बैकल्पिकरुपमा थर्मल प्लाण्ट तथा विद्युतीय ऊर्जाको विकास गर्नुपर्ने उनको भनाइ छ ।
उनले मधेसी मोर्चाले उठाउँदै आएको मागलाई सम्बोधन गर्न सरकारको तर्फवाट गहनरुपमा छलफल भइरहेको पनि बताए ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय सङ्कटको सामना गर्न एकतावद्ध भई आम नेपाली लाग्नुपर्नेमा जोड दिए । मधेसी मोर्चाको माग वार्ताबाटै समाधान हुने बताउँदै उनले दुबै पक्षबीच वार्ता चलिरहेको अवस्थामा आन्दोलन गर्न नहुनेमा जोड दिए ।
उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भारतले गरेको अघोषित नाकाबन्दीले यहाँको जनजीवन कष्टकर बन्दै गएकोले समाधानका लागि गम्भीररुपमा कुटनीतिक पहल भइरहेको बताए । उनले नेपालमा भएको स्रोतसाधनलाई उपयोग गरेर आम नेपाली आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए ।


,

0 comments

Write Down Your Responses