वीरगन्ज : वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा मधेशी मोर्चाले गत असोज ७ गते देखि शुरु गरेको धर्ना र नकाकाबन्दी ४२ दिनदेखि जारी छ।
गत सोमबार बिहान प्रहरीले बल प्रयोग गरेर आन्दोलनकारीहरुलाइ केहि बेर हटाएर नाका खोलेपनि त्यही दिन बिहान ११ बजे देखि फेरि मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले मितेरी पुलमा धर्ना दिएर रक्सौल वीरगन्ज नाका ठप्प पार्दै आएका छन् । मितेरी पुलको नाकाबन्दी र धर्नामा बुधबार मधेशी दलका शीर्ष नेताहरु पनि बसेका छन्।
धर्नामा सदभावना पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र महत्तो , संघीय समाजवादी फोरम नेपालका महासचिव राम सहाय यादव, केन्द्रीय सदस्य विरेन्द्र यादव,जिल्ल अध्यक्ष प्रदीप यादव , सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी , नेपाल सदभावना पार्टिका केन्द्रिय सदस्य शीव पटेल लगायतका नेता कार्यकर्ताहरु बसेका छन्।
सोमबारको आन्दोलनमा प्रहरीको गोलीबाट एक भारतीय युवकको मृत्यु भएपछि आक्रोशीत भारतीयहरुले दुव्र्यवहार गरेपछि मधेशी मोर्चाका नेताहरु धर्ना स्थलमा जान छाडेका थिए। सोमबार र मंगलवार दुवै दिन मितेरी पुलमा मोर्चाका जिल्ला स्तरका नेता कार्यकर्ताहरु मात्रै बसेका थिए । तर बुधबार देखि भने फेरि मोर्चाका केन्द्र स्तरका नेताहरु धर्नामा बसेका छन् ।
नवनिर्माण युवा संघले मधेस आन्दोलनको समर्थनमा प्ले कार्ड सहित निकालेको जुलुशमा सहभागी भारतीय युवकहरुले मधेश आन्दोलनको मसर्थनमा नाराबाजी पनि गरे । उनीहरुले नेपाली गाडी भारत प्रवेश गर्न नदिने चेतावनी समेत दिए । जुलुशमा सहभागी भारतीयहरुले मधेसको माग पुरा गर्न नेपाल सरकारसंग माग पनि गरेका थिए। यसैबीच बुधबार स्थानीय प्रशासनले दिनभर कर्फु हटाएका कारण वीरगन्जको जनजीवन सोमबार र मंगलवारको भन्दा सहज बन्यो । मधेशी मोर्चाको आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले वीरगन्जमा सोमबार अपरान्ह देखि अनिश्चितकालीन कर्फ्यु लगाएको थियो । तर बुधबार भने वीरगन्जमा बिहान आठ बजे देखि बेलुकी सात बजे सम्मका लागि कर्फु हटाइएको थियो ।
दुइ दिन देखि जारी कर्फुका कारण असहज बनेको वीरगन्जको जनजीवन बुधबार सामान्य रहयो ।तर वीरगन्जको माइस्थान र घण्टाघर क्षेत्र भने दिनभर तनावग्रस्त नै रहयो । दुवै स्थानमा प्रहरी र प्रदर्शनकारी बिच साँझ सम्म झडप भएको थियो ।झडपका कारण मेनरोड बजार तथा पसलहरु भने खुल्न सकेनन् । नगरका अन्य स्थानमा भने मानिसहरुको चहल पहल रहेको थियो ।

0 comments
Write Down Your Responses