ब्रेकिङ न्युज - आत्मघाती बम बिष्फोट ।
५,माघ,पाकिस्तान ।
पाकिस्तानको खैबरप्रान्त स्थित जमरुदमा भएको बम बिष्फोटमा परी एक पत्रकार सहित १० जनाको मृत्यु भएको छ । मंगलबार बिहान भएको विष्फोटमा मेहबुब अफ्रिदीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। मृत्यु हुनेमा एक सुरक्षाकर्मी पनि रहेका छन्। अहिले घटनास्थल नियन्त्रणमा लिएर सेनाले अनुसन्धान सुरु गरिसकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आत्मघाती बम बिष्फोट भएको हुनसक्ने भनिए पनि अहिलेस्म स्पष्ट हुन नसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

0 comments
Write Down Your Responses