बैदेशिक मुद्रा अपचलन र अरबौँ रुपियाँ राजस्व ठगी

२९ पौष ,काठमाडौं
बैदेशिक मुद्रा अपचलन र अरबौँ रुपियाँ राजस्व ठगी अभियोग लागेका उद्योगी अशोक मुरारकाले आफ्ना साझेदार उद्योगीलाई ज्यान मार्ने धम्की दिन थालेका छन् । साझेदार उद्योगी कृष्ण प्रसाद प्रसाई र उनको परीवारलाई फोन गरेर अपहरण गर्ने र ज्यानमार्ने धम्की दिन थालेको भन्दै प्रहरीमा उजुरी परेको छ । प्रसाईले प्रहरी प्रधान कार्यालयमा मुरारकाले आपराधिक समूह परीचालन गरी आफूलाई ज्यानमार्ने धम्की दिने गरेको उजुरी गरेका छन् । प्रसाईका अनुसार उनले विभीन्न आपराधिक समूह प्रयोग गरेका छन् । ‘अशोक मुरारका मार्फत परीचालित फरक फरक व्यक्तिहरुले प्रसाई र उनको परीवारलाई फोन गरेर धम्क्याउने गरेका छन्’ प्रसाईले भने ‘आपराधिक समुहले ज्यान मार्ने र अपहरण गर्ने धम्कि दिने गरेकोले कारवाही गरीपाउँ भनि जानकारी गराएको हुँ ।’ मुरारकाको विषयमा रातोपाटीले समाचार सार्वजनिक गरेपछि यो विषय बाहिर आएको हो । हेर्नुहोस्ः चुरे दोहन गर्ने उद्योगीको ‘कालो धन्दा’ स् नेपालमा ठगी, भारतमा लगानी मुरारका विरुद्ध झापामा अवनिश एग्रीगेटको नाममा साझेदारीमा रहेको १८ करोडको जग्गा सस्तो मोलमा बेचेर ४५ लाख रुपैयाँ राजस्व ठगेको विरुद्धमा उजुरी परेपछि उनी अर्धभूमिगत जस्तै छन् । लामो समयसम्म उजुरी दर्ता गर्न नमानेको प्रहरीले उजुरी दर्ता गरेपछि मुरारकाले आपराधिक व्यक्तिहरु प्रयोग गरी धम्की दिन थालेको प्रसाईले बताए । यो विषयमा रातोपाटीले समाचार प्रशासन गरेपछि प्रहरीले उजुरी दर्ता गरेको थियो ।रातोपाटी समाचार प्रभाव–ठगी अभियोगका मुरारकाको मुद्धा दर्ता,प्रसाईले आफूलाई काठमाण्डौ र बाराको जिल्ला प्रहरी कार्यालयबाट भन्दै फोन गरेर समेत धम्क्याईएको बताए । ‘अशोक मुरारकाको प्रभावमा परी म विरुद्ध गलत उजुरी पेश गर्न लगाई तँलाई थुन्छु र पक्रन मानिस पठाउँछु भनेर फोन मार्फत भन्ने गरेका छन् ’ उनले भने । तर प्रहरीका उच्च अधिकारीले भने आफू विरुद्ध मुरारकाले उजुरी परेकोले सोधपुछ गरेको बताए । तर राजस्व ठगी गर्ने अपराधिले उजुरी दिँदा प्रहरीले फोन गरेर धम्क्याउने तर गठी गरेको अवराधि परे उजुरी पर्दा पनि खुलेआम हिँड्ने गरेकोले प्रहरीले यसतर्फ ध्यान दिन नसकेको बताए । ‘राजस्व ठग्ने उ अनि मैले उजुरी दिँदा उसको बेईज्जत भयो भनेर उजुरी दिने’ प्रसाईले भने ‘सरकारलाई अरबौँ ठग्नेको उजुरी परेपनि खुलेआम धम्की दिँदै हिँड्ने, म सरकारलाई सहयोग गर्नेलाई चाहीँ प्रहरीबाटै थर्काउने किन भनेर जवाफ चाहेको छु ।’भारतबाट आएर शक्तिकेन्द्र धाउँदै गएको असोज ८ गते सरकारी लिखत र साझेदारको हस्ताक्षर किर्ते गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय झापामा उजुरी परेपछि भारत पसेका मुरारका अहिले भने नेपाल आएका छन् । प्रहरीले उजुरी दर्ता गरेपछि कार्वाहीबाट बच्नका लागि बार्गेनिङ्ग गर्न उनी नेपाल आएको उनका कर्मचारीहरुले बताएका छन् । ‘मुद्धा दर्ता भईहाल्यो, केही त गर्नुप¥यो भन्दै आउनुभएको थियो ’ उनको लगानीको पशुपति आईरनका एक कर्मचारीले भने ‘होटलमा मान्छे बोलाउने र भेट्ने अनि काठमाण्डौ फोन गर्ने गर्नुहुन्छ, त्यसको व्यवस्था हामी मिलाएका छौँ ।’स्रोतका अनुसार भारतबाट फर्केपछि उनी काठमाण्डौ आएका थिए । काठमाण्डौमा व्यवसायीक साझेदार पशुपति मुरारकामार्फत शक्तिकेन्द्र संगको भेटघाटपछि उनी बिराटनगर फर्केका छन् । 



0 comments

Write Down Your Responses