"काँग्रेस वर्तमान सरकार ढाल्ने खेलमा नभएको" गगन थापा ।
४ माघ प्युठान।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले काँग्रेस वर्तमान सरकार ढाल्ने खेलमा नभएको बताएका छन् । पार्टीको १३ औँ महाधिवेशनलाई केन्द्रित गर्दै जिल्ला दौडाहामा रहेका थापाले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उनले काँग्रेस आफ्नो महाधिवेशन, मधेस आन्दोलनको समाधान र आफ्नो नेतृत्वमा जारी गरेको संविधान कार्यान्वयमा ध्यान केन्द्रित गरेकाले सरकार ढाल्ने वा बनाउने खेलमा नलाग्ने बताए । पार्टीको निर्णायक तहमा युवा पदाधिकारीको भूमिका आवश्यक छ भन्दै नेता थापाले काँग्रेसको महामन्त्रीमा युवाहरुले उम्मेदवारी दिने बताए ।अर्का केन्द्रीय सदस्य प्रदिप पौडेलले पार्टीभित्र यस पटक युवाहरुले सशक्त भूमिका खोजेकाले युवा एक भएर लाग्ने बताए । सांसद उषा गुरुङले महिला सहभागिताको क्षेत्रमा पार्टीले मुद्दा उठाउने गरे पनि त्यसको कार्यान्वयन खासै नभएको भन्दै यस पटक गाउँ, जिल्लामा ४० प्रतिशत र केन्द्रमा महिलाले ३५ प्रतिशतको उपस्थिति अनिवार्य हुने गरी दबाब दिने बताए ।

0 comments
Write Down Your Responses