आस्था काला केन्द्रले मनायो स्वर किन्नरी तारा देवी को १० औं स्मृति दिवस ।
९ माघ,काठमाडौं ।
स्वर किन्नरी तारा देवीको आज राजधानीमा आस्था कला केन्द्रले १० औं स्मृति दिवस मनायो । सोही कार्यक्रममा तारा देवी स्मृति प्रतिष्ठान गठन गरिएको पनि सार्वजनिक गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथी सुचना तथा संचार मन्त्री शेरधन राई,बरिष्ठ संगीतकार चन्द्रराज शर्मा ,बरिष्ठ चलचित्रकर्मी चेतन कार्की,साहित्यकार प्रकाश सायमी, बरिष्ठ गायिका मीरा राणा , गायिका संगिता शाक्य थापा लगायत थुप्रै आदर्णीय कलाकारहरुको उपस्थिती थियो । नयाँ पुराना कलाकारहरुले तारा देवीका गीत गाएर उनलाई सम्झिए ।

0 comments
Write Down Your Responses