भिसा नलिई विदेश कुद्दा ऋषि धमला झन्डै जेलमा !

काठमाडौं – विनाभिसा नेपाली प्रतिनिधि मण्डलको पछि लागेर भुटान पुग्दा पत्रकार ऋषि धमला भुटानको जेलमा पर्नै लागको र अन्तिममा भनसुन गरेर मिलाइएको खुलासा पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठले गरेका छन् । २८–२९ अप्रिल २०१० मा भुटानको राजधानी थिम्पुमा भएको १६ औं सार्क शिखर सम्मेलनको क्रममा भिसा नै नबोकी धमला नेपाली प्रतिनिधि मण्डलको पछि लागेर जाँदा भुटानको अध्यागमन विभागमा समस्यामा परेका हुन् । पत्रकार ऋषि धमला भिसा नलिई गएपछि भुटानी अध्यागमनले सोधेछ, भिसा खोइ ? उनी नाजावाफ

भएछन्,’ पूर्वराजदूत श्रेष्ठले आजको एक दैनिक पत्रिकासँग कुराकानी गर्दै भनेका छन्, ‘कानुनविपरीत काम गरेपछि राम्रो हुने त कुरै भएन । निकै समस्यामा परेपछि उनले मलाई फोन गरे । थिम्पु आउन सहयोग गरिदिन आग्रह गरे । म अचम्ममा परेँ, जानाजान बिनाभिसा अर्काको देशमा आउने अनि समस्यामा परेपछि दुःख बिसाउने ? तैपनि नेपाली प्रतिनिधिमण्डलको इज्जतका लागि पनि मैले सहयोग गर्ने प्रयास गरेँ ।’

श्रेष्ठले धमला समस्यामा परेपछि सँगै भुटानका गृहमन्त्री रहेको र उनीसँग अनुनय गरेर धमलालाई जेलको हावा खानबाट जोगाएको बताएका छन् । ‘मैले सँगै रहेका भुटानी गृहमन्त्रीलाई ‘उहाँ नेपालको ख्यातीप्राप्त पत्रकार हुनुहुन्छ , समय नहुँदा भिसा प्रक्रिया पूरा गर्न नपाएको हो, नत्र भिसा निलई आउने कुरै थिएन’ भने र जसरी पनि समस्या समाधान गरिदिन आग्रह गरेँ,’ श्रेष्ठले भनेका छन्, ‘गृहमन्त्री एकछिन अकमकिए । र, अन्त्यमा पारोस्थित अध्यागमन कार्यालयका हाकिमलाई फोन गरिदिएर धमलालाई थिम्पु पठाइदिन आदेश दिए ।’

पूर्वराजदूत श्रेष्ठले आफूसँगै गृहमन्त्री नभएका भए ऋषि धमला भुटानको जेलमा पर्ने समेत बताए । ‘गृहमन्त्री मसँगै नभएको भए, अरु नै परिस्थितिमा भएको भए कहाँ त्यसै छाडिदिन्थ्यो र ? जेलमा कोचिदिन्थ्यो,’ पूर्वराजदूत श्रेष्ठले भने ।

नेपालबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधिमण्डल डुक एयरको विमानमा बसिसकेपछि अन्तिममा ऋषि धमला छिर्दा आफू अचम्ममा परेको समेत श्रेष्ठले बताएका छन् ।



,

0 comments

Write Down Your Responses