खाना पकाउने ग्यास चुहिएर एक जनाको मृत्यु ।
३ माघ, भक्तपुर।
खाना पकाउने ग्यास चुहिएर मध्यपुरथिमि नगरपालिका– १ लायकुमा एक जनाको मृत्यु भएको छ । गए राति आगलागी हुँदा ८८ वर्षीय कान्छा सिपाईको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।घरको तेस्रो तलामा बनाइएको कच्ची टहरामा रहेको भान्छा कोठामा ग्यास चुहिरहेको अवस्थामा सिपाईले ग्यास बालेलगत्तै आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

0 comments
Write Down Your Responses