"कांग्रेसको महाधिवेशन सकिएपछि राष्ट्रिय सरकार गठन हुन्छ " प्रचन्ड ।
३ माघ, काठमाडौं ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुनमा नेपाली कांग्रेसको महाधिवेशन सकिएपछि राष्ट्रिय सरकार गठन हुने बताएका छन् ।
त्यसरी गठन हुने राष्ट्रिय सरकारमा नेपाली कांग्रेसका साथै आन्दोलनरत मधेस केन्द्रित दलहरुको समेत सहभागिता रहने प्रचण्डले बताए । सरकार ढाल्नमा प्रचण्ड लागिदिए हुन्थ्यो भन्ने केही अमूक नेताहरुको ईच्छा रहेको पनि प्रचण्डले बताए । एमाओवादीसमेतको सहभागितामा बनेको ओली सरकार ९९ दिन पूरा गरेर १०० दिनमा प्रवेश गर्दैछ । सरकारले जनताका आकांक्षा पूरा गर्न नसकेको र कालोबजारी लगायतका समस्याहरु समाधानमा प्रधावकारी भूमिका खेल्न नसकेको प्रचण्डले स्वीकार गरेका छन् । सरकारको काम प्रभावकारी बनाउनेबारे आफूले प्रधानमन्त्रीसँग कुरा गरेको उनले जानकारी दिएका छन ।

0 comments
Write Down Your Responses