ताजा अपडेट - इन्टरनेटमा अश्लिल सामग्री अत्यधिक हेरिने देशहरु कुन कुन परे । हेर्नुहोस् :-
६ माघ , काठमाडौं ।
इन्टरनेटमा अश्लिल सामग्री अत्यधिक हेरिने देशहरुको सूचीमा हाम्रो छिमेकी भारत तेस्रो स्थानमा उक्लेको छ । भारतको सरकारले पोर्न साइटहरुलाई लगाम लगाउन प्रयास गर्दै आए पनि भारतीयहरुको पोर्न फिल्म हेर्ने क्रम घट्नुको साटो बढिरहेको यसबाट पुष्टि हुन्छ । विश्वभरी सन् २०१५ मा चार अर्ब, ३९ करोड, २४ लाख, ८६ हजार ५ सय ८० घन्टा पोर्न हेर्ने काममा व्यतित भएको थियो । एउटा पोर्न साइटले नै यस्तो आँकडा बाहिर ल्याएको हो । यसअघि यति धेरै समय पोर्नमा खर्च नभएको वेवसाइटले जनाएको छ । द नेक्स्ट नामक वेवसाइटको रिपोर्ट अनुसार विश्वभरीका मानिसले पोर्न साइटमा गएर वर्षमा औसत १२ भिडियो हेरेका छन् । पोर्न हेर्नेहरुको सुचीमा एक नम्बरमा अमेरिका छ भने दोस्रोमा बेलायत छ । यसअघि तेस्रोमा रहेको क्यानाडालाई उछिन्दै भारतले सो स्थान कब्जा गरेको छ । फिलिपिन्सका मानिसले वर्षभरी औसत १२ घन्टा भन्दा बढि समय पोर्न हेरेर बिताए । क्यूबामा भने औसत पाँच मिनेट मात्रै पोर्न हेरेको पाइएको छ । सन् २०१५ मा पोर्न साइटभित्र सबैभन्दा बढि प्रयोग भएको शब्द थियो, लभ ।

0 comments
Write Down Your Responses