“विदेशी दलाल होसियार” भन्दै महतोलाई कालो झन्डा देखाईयो ।

३ माघ , काठमाडौं । 
सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई काठमाडौं ‌ओर्लिनासाथ कालो झण्डा देखाइएको छ । महतो काठमाडौं ओर्लिनासाथ उनी विरुद्ध चर्का लगाउँदै युवा संघ नेपालका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । महतो विमानस्थलबाट निस्किने समयमा “राष्ट्र विखण्डनकारी मुर्दाबाद”, “विदेशी दलाल होसियार”, देश टुक्राउन पाइँदैन’ जस्ता नारा लगाइएको थियो । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै कालो झण्डा देखाउने तयारीका साथ युवा संघका कार्यकर्ताहरु बसेका थिए । मधेसको माग पूरा नभएसम्म काठमाडौं नफर्किने अडान लिएका भएपनि लाचार भएर काठमाडौं ओर्लिन लागेका महतोले आउनासाथ आफ्नो स्वास्थ्य अवस्था र मधेश आन्दोलनको आगामी कार्यक्रमबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने सदभावना महासचिव मनिष कुमार सुमनले जानकारी दिएका छन् । काठमाडौं आए लगत्तै महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेट गर्ने छन् । महतो र ओलीबीच साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुने कार्यक्रम तय भैसकेको छ।


0 comments

Write Down Your Responses