भारतले लगाएको अघोषित नाकाबन्दी र राजनीतिक समस्या अन्त्य भएको घोषणा गर्ने तयारी ।

३ माघ काठमाडौं । 
सुचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकार केही दिनमै भारतले लगाएको अघोषित नाकाबन्दी र राजनीतिक समस्या अन्त्य भएको घोषणा गर्ने तयारीमा रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आइतवार गरेको साक्षात्कारमा उनले भने,‘मोर्चासँग सकारात्मक सहमतिमा पुग्दैछौँ । केही दिनमा शीर्ष तहमा छलफल गरेर राजनीतिक संकट समाधानको घोषणा गर्दैछौँ । राष्ट्रिय स्वाभिमानलाई झुक्न नदिने गरी कुटनीतिक तहमा छलफल भएको छ, फलस्वरुप अघोषित नाकाबन्दी अन्त्यको घोषणा गर्छौ ।’ मधेसी मोर्चासँग सहमति भइसकेको दावी गर्दै मन्त्री राईले सीमांकनमा राजनीतिक संयन्त्रलाई तीन महिनाको समय दिने र त्यसलाई संसदबाट बैद्यानिकता दिने बताए । 


0 comments

Write Down Your Responses