एथलेटिक्स महासंघहरुको अन्तर्राष्ट्रिय संस्था (आइएएएफ) भ्रष्टाचारमा लिप्त भएको प्रतिवेदन बाहिरियो ।

१ माघ,काठमाडौं ।
 खेलकुदमा प्रतिबन्धित औषधि प्रयोग नियन्त्रण गर्नेसम्बन्धी निकाय अर्थात एन्टी डोपिंग एजेन्सी (डब्लुएडीए) ले एथलेटिक्स महासंघहरुको अन्तर्राष्ट्रिय संस्था (आइएएएफ) भ्रष्टाचारमा लिप्त भएको प्रतिवेदन बाहिर ल्याएपछि उक्त विश्व संस्थामाथि चरम अविश्वास उत्पन्न भएको छ। उक्त एजेन्सीले डोपिंग प्रकरण ढाकछोप गर्न आइएएएफले रुसलाई सघाएको आरोप लगाएको छ ।  विभिन्न प्रसिद्ध खेलाडीहरुले खेलकुद विश्वसंस्था नै यस्तो घटनामा मुछिनुले यी निकायले आफ्नै कमजोरीको निराकरण गर्न सक्छ वा सक्दैनन् भन्ने प्रश्न जन्माएको बताएका छन् । विश्व एथलेटिक्सका प्रमुख सिबास्टियन को ले पनि आइएएएफले पुन: प्रतिष्ठा प्राप्त गर्नका लागि कठीन बाटो तय गर्नुपर्ने बताएका छन्। उनले पछिल्लो समस्याको समाधान नगरे एथलेटिक्सको भविष्य नरहने चेतावनी दिए । उनले पुन: विश्वास आर्जन गर्न कदमहरु चालिएको पनि बताए । एन्टी डोपिंग एजेन्सीले को का पूर्ववर्ती लामिन डियाकलाई भ्रष्टाचारलाई प्रोत्साहन दिएको र अनियमितता संगठित पारेको आरोप लगाएको छ । तर उक्त प्रतिवेदनका लेखक डिक पाउण्डले आइएएएफको गुमेको प्रतिष्ठा पुनस्थापित गराउन पछिल्ला प्रमुख को उपयुक्त व्यक्ति भएको बताएका छन्। 




0 comments

Write Down Your Responses