सुशील र बाबुरामले मधेसीलाई उचाले : रायमाझी

१ माघ, पर्वत । 
एकीकृत नेकपा माओवादीका नेता तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले कांग्रेस सभापति सुशील कोइराला र नयाँ शक्ति निर्माण अभियानका संयोजक डा. बाबुराम भट्टराईलाई ‘विद्वान’को संज्ञा दिँदै विद्वान वर्गहरुले मधेसमा आन्दोलन गर्न उचालेको आरोप लगाएका छन् ।आन्दोलनबाट अस्थीरता सिर्जना गरेर भारतको नाकाबन्दीबाट फाइदा लिन खोजे पनि उनीहरुको योजना सफल नहुने उनले दाबी गरे । पर्वतमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री रायमाझीले भने, ‘सुशील जी फेरि प्रधानमन्त्री बन्ने र बाबुरामले मधेसी, थारुका मुद्दा उठाएर नेपालमा औद्योगीक क्रान्ति गर्छु भनेर तानाबुना बुनेपनि अब उनीहरुको योजना सफल हुनेछैन ।’अबको दुई हप्ताभित्र मधेस आन्दोलन र नाकाबन्दी अन्त्य गर्न सरकार क्रियाशील रहेको उनले जानकारी गराए । मधेसी मोर्चाको माग सम्वोधन गर्न संविधान संसोधनको गृहकार्यमा सरकार लागिसकेको जानकारी दिँदै उनले इन्धन अभाव पनि चाँडै समाधान हुने उनले बताए । भारतीय नाकाबन्दीबाट नेपालमा राष्ट्रियताको भावना जाग्रित हुन थालेपछि भारत र मधेसी मोर्चा मत्थर भएको मन्त्री रायमाझीले दाबी गरे ।कार्यकर्ताहरुको जिज्ञासामा उनले पर्वत लगायत धौलागिरी अञ्चललाई विद्युत उत्पादनको प्रभावित क्षेत्र बनाएर लोडसेडिङ नै नहुने अवस्थामा पर्‍याउन आफूले पहल थाल्ने उर्जामन्त्रीको भनाई छ । उनले माओवादी पार्टीहरु एक हुनुको विकल्प नभएको उनले बताए । एकताको प्रसंगमा रायमाझीले भने, ‘हिजो एमाले, कांग्रेस फुटेपनि एक भएका थिए, त्यसरी नै अब माओवादी पनि एक हुनुको विकल्प छैन ।’ डा. बाबुराम भट्टराईले पुजीवादी पार्टी गठन गरी नयाँ शक्ति बनाउछु भन्नु हास्यस्पद भएको उनले टिप्पणी गरे ।


0 comments

Write Down Your Responses