धारिलो हतियार प्रयोग गरी बाबुले छोरा लाई बनाए गम्भिर घाईते ।
३,माघ, बाग्लुङ ।
बाबुले धारिलो हतियार प्रहार गर्दा बाग्लुङको अमरभूमीमा एक युवा गम्भीर घाइते भएका छन् । बाबु छोराबिच घरायसी विषयमा भएको विवादमा अमरभूमी–७ बुकेनीका ७० वर्षका लक्ष्मण बिकले धारिलो हतियार प्रहार गर्दा ३५ वर्षका छोरा कुलबहादुर बिक गम्भीर घाइते भएका हुन् । घाइते बिकको टाउकोमा गम्भीर चोट लागेको छ । भाइते बिकको धौलागिरी अञ्चल अस्पताल बाग्लुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाबु छोरा दुवैले रक्सी खाएका बेला घरायसी झगडाका क्रममा बाबुले छोरालाई धारिलो हतियार प्रहार गरेको इलाका प्रहरी कार्यालय गलकोट हरिचौरका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक कुमार सेढाइले जानकारी दिनुभयो । घटनाको बारेमा आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी हबल्दार राजकुमार घर्तीको नेतृत्वमा एक टोली घटना स्थल गएको छ ।शनिबार राति ११ बजे भएको घटनापछि स्थानीयको सहयोगमा घाइते बिकलाई धम्जा स्वाथ्यचौकी लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि अञ्चल अस्पताल ल्याइएको हो ।

0 comments
Write Down Your Responses