सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आज नेपाल फर्कदै ।
३ माघ, काठमाण्डौं ।
केही साता अघि जोगबनी नाकामा भएको झडपका क्रममा घाइते भएपछि दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गरी राजनैतिक भेटघाटमा व्यस्त रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आज नेपाल फर्कदैछन । महतो आज दिउँसो काठमाडौँ आइपुग्ने सदभावना पार्टीका महासचिव मनिस सुमनले जानकारी दिए । आन्दोलनको क्रममा टाउको फुटेपछि महतो पुस १७ गते उपचारका लागि दिल्ली गएका थिए ।

0 comments
Write Down Your Responses